३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

हैदराबादद्वारा दिल्ली क्यापिटल्स पराजित, सन्दीपले चट्काए विकेट

हैदराबादद्वारा दिल्ली क्यापिटल्स पराजित, सन्दीपले चट्काए विकेट
अ+ अ-

काठमाडौं । १२ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आईपीएल) मा हैदराबादले दिल्लीलाई ५ विकेटले पराजित गरेको छ ।

बिहीबार भएको खेलमा हैदराबादका ओपनर जाँनी वयरस्टोको उत्कृष्ट ब्याटिङमा दिल्ली क्यापिटल्स ५ विकेटले पराजित भएको हो । दिल्लीले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रनको न्यून स्कोर बनाएको थियोे । दिल्ली दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादले १८ दशमलव ३ ओभरमा ५ विकेको क्षतिमा १ सय ३१ रन जोड्दै लक्ष्य भेटाएको थियोे ।

हैदराबादको जितमा ओपनर जानी वयसट्रोले उत्कृष्ट ब्याटिङ गर्दै २८ बलमा ९ चौका र एक छक्काको मद्दतले ४८ रनको योगदान दिदा अर्का ओपन डेविड वार्नरले १० रन, बिजय शंकरले १६ रन जोड्दा मनिष पाण्डे र दिपक हुड्डाले समान १० र १० रन जोडेका थिए ।

त्यस्तै युशुफ पठानले नटआउट ९ रन जोड्दा मोहम्मद नाभिदले नटआउट १७ रन जोड्दा रबाडाको बलमा छक्का हिर्काउदै जित दिलाएका थिए । बलिङतर्फ लगातार तेस्रो खेल खेलेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो स्पेलको अन्तिम ओभरको अन्तिम बलमा विकेट चट्काउन सफल भएका थिए ।

बिहीबार आईपिएलमा भएको एकमात्र खेलमा सनराइजर्स हैदरावादविरुद्ध मध्यम खालको प्रर्दशन गरेका सन्दीपले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट चट्काएका थिए ।

मध्यम स्तरको लक्ष्य दिएको दिल्लीले सन्दीपलाई पहिलो ओभरमै बलिङ ल्याएको थियो । ओपनर डेविड वार्नरलाई सुरुवाती तीन बल डट गराएका सन्दीपले चौथो बलमा १ रन दिए । पाँचौ बलमा जोनी बेयरस्टोले सन्दीपलाई चौका प्रहार गर्दै खाता खोले ।

अन्तिम बलमा १ रन खर्चिएका थिए । तेस्रो ओभरमा सन्दीपले १३ रन खर्चिए । बेयरस्टोले सन्दीपलाई पहिलो ओभरमा छक्का,दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बलमा १ रन लिदै स्ट्राइक वार्नरलाई दिए । वार्नरले चौथो बलमा २ र पाँचौ बलमा एलवी डब्लू आउटको अपिल गरे पनि त्यो सफल हुन सकेन । अन्तिम बल पनि सन्दीपले डट गराए ।

९ औं ओभरमा सन्दीपले ५ रन मात्र खर्चिए । पहिलो र दोस्रो बलमा विजय शंकरलाई डट गराएका सन्दीपले तेस्रो बलमा दुई रन खर्चिए । चौथो बलमा शंकरले १ रन लिए । पाँचौ बल मनिष पान्डेलाई डट गराउँदा अन्तिम बलमा दुई रन लिएका थिए । सन्दीपले १६ औं ओभरमा ८ रन खर्चिदै १ विकेट लिए । यस ओभरको तेस्रो बलमा युसुफ पठानले चौका प्रहार गरेका थिए । अन्तिम बलमा दिपक हुड्डालाई कागीसो रबडाबाट क्याच आउट गराएका थिए ।

दिल्लीका लागि अक्षर पटेल, कागिसो रबाडा, राहुल तेबतिया र ईशान्त शर्माले समान एक एक विकेट प्राप्त गरे । यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा १ सय २९ रन बनाएको थियोे । दिल्लीका लागि कप्तान स्रेयश अय्यरले ४१ बलमा ३ चौका १ छक्काको मद्दतले सर्वाधिक ४३ रनको योगदान दिँदा एआर पटेलले २३ रन, कृष मोरिसले १७ रन, ओपनर पृथ्वी शास्ले ११ रन अर्का ओपनर शेखर धवनले १२ रन, ऋषभ पन्त, राहुल तेबतिया र इङ्ग्रामले ५््५ रन जोड्दा कागिसो रबाडाले ३ रन बनाए भने इशान्त शर्मा शून्यमा आउट भएका थिए ।

बलिङतर्फ सनराइजर्स हैदराबादका कप्तान भुबनेश्वर कुमार, मोहम्मद नाभिद र सिद्धार्थ कौलले समान ३्३ विकेट चट्काउदा राशिद खान र सन्दीप शर्माले एक एक विकेट प्राप्त गरेका थिए । बिहीबार भएको खेलमा उत्कृष्ट ब्याटिङ गर्दै हैदराबाद गरेका जाँनी वयरस्टोले प्लेयर अफ द म्याच घोषित भएका थिए । शुक्रबार कलकत्ता र बेङग्लोरका बिच खेल हुनेछ ।