२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा, छोरा र छोरीले एकै पटक गरे आत्महत्या



अ+ अ-

चितवन । चितवन जिल्लामा एउटै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका–१८ स्थित शशीनगरकी अन्दाजी ३४ वर्षीया माया आलेमगर, १४ वर्षीया छोरी विनिता र १२ वर्षीय छोरा विवेक झुण्डिएर आत्महत्या गरेका हुन् । उनीहरुको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ ।


मृतक मायाका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा कार्यरत रहेका छन् । आमाले नै छोराछोरीलाई झुण्डाएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।