७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह

जनसम्पर्क समिति अमेरिकाको तेश्रो महाधिवेशन आईतबार हुने

जनसम्पर्क समिति अमेरिकाको तेश्रो महाधिवेशन आईतबार हुने
अ+ अ-

न्यूयोर्क । जनसम्पर्क समिति अमेरिकाको तेश्रो महाधिवेशन डिसेम्वर ५ तारिख आईतबारको लागि तय भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गर्नुहुने अधिवेशनमा सहभागिताको लागि आव्हान गर्दै नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले एक अपिल प्रकाशित गर्नु भएको छ ।  

विष्टले मातृपार्टी नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा अधिवेशन सम्पन्न गर्नका लागि पार्टीको तर्फवाट परिपत्र आएको उल्लेख गर्दै पार्टीका शुभेच्छुकहरु सबैलाई सहभागिताको लागि समेत अपिल गर्नु भएको छ । विष्टले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ – अत्यन्तै छोटो र अन्तिम घडीमा अधिवेशन सम्पन्न गर्न परेकोले नेपाली कांग्रेसको विभिन्न तह र निकायमा रही काम गर्दै हाल अमेरिकामा रहनु भएका सबै जिम्मेवारी व्यक्तित्वहरु, जनसम्पर्क समिति अमेरिकाको स्थापना काल देखि हाल सम्म विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भएका अग्रज, विगतमा महाधिवेशन तथा महासमितिमा रहेर काम गर्नु भएकाहरु, समितिको केन्द्रीय तथा च्याप्टरमा रहनु भएका तथा क्रियाशील सदस्यहरु लगायत सवैमा सहभागिताको लागि विष्टले अनुरोध गर्नु भएको छ । 

जनसम्पर्क समिति अमेरिकाका प्रचार विभाग प्रमुख गौतम दाहालले दिनुभएको जानकारी अनुसार अधिवेशनको उदघाटन सत्रमा महामन्त्री डा. शंशाक कोईराला, सह महामन्त्री डा. प्रकाश शरण महत, केन्द्रीय सदस्य वीर वहादुर वलायर, केन्द्रीय सदस्य गोविन्द भट्टराई, महाधिवेशनको लागि नेपाली कांग्रेसको तर्फवाट केन्द्रीय प्रतिनिधी नारायण सुवेदी, नैन सिंह महर लगायतले सम्वोधन गर्नु हुने कार्यक्रम रहेको छ । जनसम्पर्क समिति अमेरिकाको तेश्रो महाधिवेशन उदघाटन समारोह न्यूयोर्कको समय अनुसार विहान ९ बजेलाई तोकिएको छ ।