३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

मुम्बईको अगाडी टिकेन हैदराबाद, हिरो बने जोसेफ

मुम्बईको अगाडी टिकेन हैदराबाद,  हिरो बने जोसेफ
अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत शनिबार राति मुम्बई इन्डीयन्स र सनराइजर्स हैदराबादबीच भएको खेलमा आइपिएलको बलियो टिम मानिने हैदराबादले ४० रनको हार व्यहोरेको छ भने वेस्ट इन्डिजका युवा बलर अल्जारी जोसेफले आईपीएल इतिहासकै कीर्तिमानी बलिङ गरेका छन् ।

आईपीएलमा डेब्यु गरिरहेका जोसेफले ६ विकेट लिँदै मुम्बईको जितमा साथ दिए । जोशेफले समग्रमा ३।४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ६ विकेट लिँदै आईपीएल इतिहासमा सर्वोत्कृष्ट बलिङ प्रदर्शन गरेका हुन् । त्यस्तै जोशेफ आईपीएल डेब्यूमै ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् ।
अल्जारी जोसेफ
मुम्बईले सनराइजर्स हैदरावादलाई १ सय ३७ रनको विजयी लक्ष्य दिएको थियो । पछिल्ला खेल जित्दै आएको हैदरावादले सहज लक्ष्य पछ्याउन खोज्दा जोशेफले आश्र्चय र्पो बलिङ गरेसँगै १७।४ ओभरमा हैदरावाद अल आउट भयो । खेल अवधी भरी हैदरावादले ९६रन मात्रै समेट्दा मुम्बईले ४० रननान्तरको जित निकालेको हो ।

ओपनिङ साझेदारी गरिरहेका जोनी बेयस्टोलाई १६ रनमा चौथो ओभरको चौथो बलमा युवा स्पिनर राहुल चाहारले जसप्रित बुमराहबाट क्याच गराउदै आउट गराएका थिए ।

पाँचौ ओभरको पहिलो बलमा डेविड वार्नर १५ रनमा अल्जारी जोशेफबाट बोल्ड आउट भए । सातौं ओभरको पाँचौ बलमा जोशेफले विजय शंकरलाई ५ रनमा क्याच आउट गराए । मनिष पान्डे १६ र युसुफ पठान डक आउट भएपनि हैदरावादको जित कठिन बन्न पुगेको थियो ।

१६ औं ओभरको पाँचौ बलमा दिपक हुड्लाई जोशेफले २० रनमा बोल्ड आउट गरे । लगतै आफै अर्को बलमा राशिद खानको क्याच लिँदै शून्यमा पेभेलियन फर्काए । १८ औं ओभरको पहिलो बलमा भुवनेश्वर कुमारलाई बोल्ड आउट गर्दै जोसेफले डेब्यूमै ५ विकेट पुरा गरे । तीन बलपछि सिद्दार्थ कौललाई आउट गर्दै उनले कीर्तिमानी ६ विकेट लिए ।

यसअघि राजीव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियम हैदरावादमा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । मुम्बईका लागि काइरान पोलार्डले अन्तिम दुई ओभरमा विश्फोटक ब्याटिङ गर्दै सम्मानजनक योगफल सम्म पुयाए । पोलार्डले १९ औं ओभरमा सिद्धार्थ कौललाई ३ छक्का सहित २० रन जोडेका थिए ।

अन्तिम ओभरमा भुवनेश्वर कुमारलाई पोलार्डले २ चौका र १ छक्का सहित १९ रन जोडे । विष्फोटक ब्याटिङ गरेका पोलार्ड २६ बलमा २ चौका र४ छक्का प्रहार गर्दै ४६ रनमा अविजित रहे ।

खराब सूरुवात गरेको मुम्बईका कप्तान रोहित शर्मा ११, क्विन्टन डी कक १९,सुर्य कुमार यादव ७,इशान किशन १७ र कूनाल पान्ड्या ६ र हार्दिक पान्ड्या १४ रनमा आउट भए । मुम्बई १६।३ ओभरमा ८६(६ रनको कमजोर अवस्थामा पुग्यो ।

चौथो ओभरको चौथो बलमा रोहितलाई दिपक हुड्डाले क्याच आउट गरे । पाँचौ ओभरको अन्तिम बलमा सुर्यकुमार यादवलाई सन्दीप शर्माले एलवी डब्लू आउट गरे । त्यस्तै ९ औं ओभरको दोस्रो बलमा सिद्धार्थ कौलले क्विन्टन डीककलाई हुड्डाबाटै क्याच आउट गराएका थिए ।

कौललेनै विकेटकीपर जोनी बेयरस्टोबाट १२ ओभरको चौथो बलमा क्रुनाल र १३ ओभरको पाँचौ बलमा किशन रन आउट हुन पुगे ।हैदरावादका सिद्धौथ कौलले २, राशिद खान,मोहम्मद नाबी,सन्दीप शर्मा र भुवनेश्वर कुमारले समान एक विकेट दिए । मुम्बईका अल्जार्री जोसेफ डेब्यु खेलमा नै प्लेयर अफ द म्याच घोषित भए ।