१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईको अगाडी टिकेन हैदराबाद, हिरो बने जोसेफ



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत शनिबार राति मुम्बई इन्डीयन्स र सनराइजर्स हैदराबादबीच भएको खेलमा आइपिएलको बलियो टिम मानिने हैदराबादले ४० रनको हार व्यहोरेको छ भने वेस्ट इन्डिजका युवा बलर अल्जारी जोसेफले आईपीएल इतिहासकै कीर्तिमानी बलिङ गरेका छन् ।

आईपीएलमा डेब्यु गरिरहेका जोसेफले ६ विकेट लिँदै मुम्बईको जितमा साथ दिए । जोशेफले समग्रमा ३।४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ६ विकेट लिँदै आईपीएल इतिहासमा सर्वोत्कृष्ट बलिङ प्रदर्शन गरेका हुन् । त्यस्तै जोशेफ आईपीएल डेब्यूमै ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् ।
अल्जारी जोसेफ
मुम्बईले सनराइजर्स हैदरावादलाई १ सय ३७ रनको विजयी लक्ष्य दिएको थियो । पछिल्ला खेल जित्दै आएको हैदरावादले सहज लक्ष्य पछ्याउन खोज्दा जोशेफले आश्र्चय र्पो बलिङ गरेसँगै १७।४ ओभरमा हैदरावाद अल आउट भयो । खेल अवधी भरी हैदरावादले ९६रन मात्रै समेट्दा मुम्बईले ४० रननान्तरको जित निकालेको हो ।

ओपनिङ साझेदारी गरिरहेका जोनी बेयस्टोलाई १६ रनमा चौथो ओभरको चौथो बलमा युवा स्पिनर राहुल चाहारले जसप्रित बुमराहबाट क्याच गराउदै आउट गराएका थिए ।

पाँचौ ओभरको पहिलो बलमा डेविड वार्नर १५ रनमा अल्जारी जोशेफबाट बोल्ड आउट भए । सातौं ओभरको पाँचौ बलमा जोशेफले विजय शंकरलाई ५ रनमा क्याच आउट गराए । मनिष पान्डे १६ र युसुफ पठान डक आउट भएपनि हैदरावादको जित कठिन बन्न पुगेको थियो ।

१६ औं ओभरको पाँचौ बलमा दिपक हुड्लाई जोशेफले २० रनमा बोल्ड आउट गरे । लगतै आफै अर्को बलमा राशिद खानको क्याच लिँदै शून्यमा पेभेलियन फर्काए । १८ औं ओभरको पहिलो बलमा भुवनेश्वर कुमारलाई बोल्ड आउट गर्दै जोसेफले डेब्यूमै ५ विकेट पुरा गरे । तीन बलपछि सिद्दार्थ कौललाई आउट गर्दै उनले कीर्तिमानी ६ विकेट लिए ।

यसअघि राजीव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियम हैदरावादमा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । मुम्बईका लागि काइरान पोलार्डले अन्तिम दुई ओभरमा विश्फोटक ब्याटिङ गर्दै सम्मानजनक योगफल सम्म पुयाए । पोलार्डले १९ औं ओभरमा सिद्धार्थ कौललाई ३ छक्का सहित २० रन जोडेका थिए ।

अन्तिम ओभरमा भुवनेश्वर कुमारलाई पोलार्डले २ चौका र १ छक्का सहित १९ रन जोडे । विष्फोटक ब्याटिङ गरेका पोलार्ड २६ बलमा २ चौका र४ छक्का प्रहार गर्दै ४६ रनमा अविजित रहे ।

खराब सूरुवात गरेको मुम्बईका कप्तान रोहित शर्मा ११, क्विन्टन डी कक १९,सुर्य कुमार यादव ७,इशान किशन १७ र कूनाल पान्ड्या ६ र हार्दिक पान्ड्या १४ रनमा आउट भए । मुम्बई १६।३ ओभरमा ८६(६ रनको कमजोर अवस्थामा पुग्यो ।

चौथो ओभरको चौथो बलमा रोहितलाई दिपक हुड्डाले क्याच आउट गरे । पाँचौ ओभरको अन्तिम बलमा सुर्यकुमार यादवलाई सन्दीप शर्माले एलवी डब्लू आउट गरे । त्यस्तै ९ औं ओभरको दोस्रो बलमा सिद्धार्थ कौलले क्विन्टन डीककलाई हुड्डाबाटै क्याच आउट गराएका थिए ।

कौललेनै विकेटकीपर जोनी बेयरस्टोबाट १२ ओभरको चौथो बलमा क्रुनाल र १३ ओभरको पाँचौ बलमा किशन रन आउट हुन पुगे ।हैदरावादका सिद्धौथ कौलले २, राशिद खान,मोहम्मद नाबी,सन्दीप शर्मा र भुवनेश्वर कुमारले समान एक विकेट दिए । मुम्बईका अल्जार्री जोसेफ डेब्यु खेलमा नै प्लेयर अफ द म्याच घोषित भए ।