३१ जेष्ठ २०८३, आईतवार
,
Latest
पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाउचाउ र बिस्कुटको भरमा बाँच्दै हुरीपीडित सुत्केरी



अ+ अ-

बारा । फिरोज मियाँ अन्सारीकी श्रीमती रेशमा खातुन २० दिनको नवजात छोरीलाई काँख च्यापेर भोकै छिन्। पाँच दिन भयो उनले राम्रोसँग खान नपाएको।

गत आइतबार साँझको हावाहुरीमा अन्सारी दम्पतीले ७ बर्से छोरा फैयाजलाई गुमाए। त्यसदिनदेखि रेशमाको अवस्था अत्यन्त दयनीय छ। रुँदै दिन काट्न विवश छिन्।

राहत बाँड्न आउने अधिकांशले चाउचाउ बाँडेका छन्। त्यही पनि खोसाखोस छ यतिबेला फेटामा।

फेटा गाउँपालिका ६ पुरैनियाँमा रहेको अस्थायी क्याम्पमा अन्सारी दम्पती जस्तै दर्जनौंले यसैगरी छाक टारिरहेका छन्। अवस्था झन् झन् दयनीय बन्दै गएको छ। त्यहाँ पुग्ने जोकोहीको आँखा रसाउँछ।

यतिबेला रेशमा खातुन बोल्न नसक्ने अवस्थामा पुग्न लागेकी छन्। उनको आँखाबाट बलिन्द्र आँसुका धारा बगिरहेछन्। सात बर्से छोरो सम्झँदै पलपल मूच्र्छित भइरहेको छ दम्पती।

राम्रोसँग खान नपाएका उनको दूध राम्रोसँग आउँदैन। २० दिनकी छोरी काखमा चिच्याइरहेकी छन्। कहिले छोरीलाई एकोहोरो हेर्छिन्, कहिले घोप्टो परेर रुन्छिन्।

रेशमाका खातुनले घरीघरी छोरा फैयाज भनेर कराउने गरेको त्यसबाहेक कसैसँग बोल्न नसकेको श्रीमान फिरोजले सुनाए। छोरा फैयाजलाई घरको पर्खालले चेपेको थियो। उनको त्यहीँ ज्यान गएको थियो। ‘बुवा (मंजुर मिया)को कम्मर र खुट्टा भाँचिएर नेसनल मेडिकल कलेजमा राखेका छौं, अचेत अवस्थामा हुनुहुन्छ।’ फिरोजले पीडा पोखे। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ।