१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा



अ+ अ-

काठमाडौं। एफए कप अन्तर्गत शनिबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी ब्राइटन होव अल्वियोनलाई पराजित गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको छ ।

वेम्वली मैदानमा भएको खेलमा ब्राइटन होव अल्वियोनलाई १–० ले पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको उपाधिनजिक पुगेको हो ।

सुरुवाती चरणमै गाब्रियल जेससले गरेको गोल नै सिटीका लागि निर्णयक गोल बन्यो । उनले खेलको चौथो मिनेटमा गोल गरेका थिए । ब्राइटनका तर्फबाट कसैले गोल फर्काउन नसक्दा सिटीका तर्फबाट पनि अर्को कसैले गोल गर्न सकेनन् ।

अब सिटीले उपाधिका लागि वाटफोर्ड र वल्भ्सबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । वाटफोर्ड र वल्भ्सबीचको खेल आज राति हुदैछ । फाइनल खेल १८ मे मा हुनेछ ।