१६ आश्विन २०८१, बुधबार
,
Latest
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बी डिभिजन लिगः बीरगञ्ज युनाईटेड र खुमलटार विजयी



अ+ अ-

काठमाडौं । बीरगञ्ज युनाईटेड र खुमलटार युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा बुधबार आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै तालिकामा तीन अंक जोडेका छन् । 

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा बीरगञ्ज युनाईटेडले सामाजिक युथ क्लब र खुमलटारले बाँसबारी क्लबमाथि समान १–० जित  निकाल्दै तालिकामा तीन अंक जोड्न सफल भएका हुन । दिनको दोस्रो खेलमा बीरगञ्ज युनाईटेडलाई सामाजिक युथ क्लबविरुद्ध जित दिलाउन कृपा कान्त महतो थारुले ७१औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुकेका थिए । जितसँगै बीरगञ्जले ३ खेलबाट ४ अंक जोडेको विरगंज चौथों स्थानमा उक्लिएको छ । यता ३ खेलमा केवल १ अंक जोडेको सामाजिक युथ १४ टिम सम्मिलित लिग तालिकाको पुछारमा पुगेको छ ।  

बी डिभिजन लिग अन्तर्गत बुधबारै सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीविरुद्ध जित निकाल्न खुमलटारले ३०औं मिनेटमा गरेको गोल निर्णायक भएको थियो । कप्तान सविन केसीले गोल गर्दै टोलीलाई पहिलो हाफमा दिलाएको अग्रता नै स्पष्ट तीन अंक जोड्नका लागि पर्याप्त भएको थियो । यससँगै खुमलटारले जारी लिगमा दोस्रो जित निकालेको छ । तीन खेलबाट ६ अंक जोड्दै खुमलटार लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बाँसबारीको भने तीन खेलमा दोस्रो पराजय हो । बाँसबारीले तीन खेलमा केवल १ अंक जोडेको छ ।

बी डिभिजन लिग अन्तर्गत दिनको तेस्रो खेलमा चर्चब्वाईजले मध्यपुर युथ एसोसियनलाई २–० गोल अन्तरले पराजित भयो । चर्च ब्वाईजका आशिष चौधरीले ४३औ मिनेटमा गर्दै टोलीलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा दोस्रो मिनेटमा नै गोल गर्दै चर्चब्वाईजले गोल गर्दै लिएको अग्रता नै जितका लािग पर्याप्त बन्यो । कुबेर न्यौपानेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए । यस जितसँगै चर्च ब्वाईजले तीन खेलबाट ९ अंक जोडेको छ । पराजित मध्यपुरको तीन खेलबाट ३ अंक छ ।

लिगमा बिहीबार दुई खेल हुनेछन् । दिनको पहिलो खेल श्री कुमारी क्लब र रानीपोखरी कर्नर टिम (आरसिटी) तथा दोस्रो खेल टुसाल युथ क्लब र झम्सीखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टोली ए लिगमा बढुवा हुने छन भने पुछारका दुई टोली सी डिभिजनमा घटुवा हुनेछन् ।