७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह

वर्तमान सरकार असफल सरकारको रुपमा स्थापित भयो, अब निर्वाचनमा जानुको विकल्प छैन- रघुवीर महासेठ

वर्तमान सरकार असफल सरकारको रुपमा स्थापित भयो, अब निर्वाचनमा जानुको विकल्प छैन- रघुवीर महासेठ
अ+ अ-

काठमाडौं। नेकपा (एमाले) का नवनिर्वाचित सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले वर्तमान सरकार कुनैपनि क्षेत्रमा सफल हुन नसकेको टिप्पणी गरेका छन् । उनले वर्तमान सरकारलाई अपवित्र गठबन्धनको सरकारको पनि संज्ञा दिए । 

नेता महासेठले अहिले ताजा जनादेशको आवश्यत्ता औंल्याए । उनले भने,‘अहिले देशमा अपवित्र गठबन्धनको सरकार छ । यो सरकार दिशाहिन तरिकाले अघि बढिरहेको छ । यो सरकारले अहिलेसम्म कुनैपनि क्षेत्रमा उपलब्धि हाँसिल गरेको छैन । चाहे त्यो विकासको क्षेत्र होस, वा स्वास्थ्य क्षेत्र होस, निर्माणको होस वा बजेट कार्यान्वयनको सवाल होस, अथवा विदेशी नीतिको सवाल होस, यो वर्तमान सरकार कुनैपनि क्षेत्रमा सही तवरले अघि बढेको छैन । यो सरकार असफल सरकारको रुपमा स्थापित भएको छ । यो सरकारले केही गर्न सक्दैन भनेर जनताले बझेका छन् ।’

उनले एमालेले ताजा जनादेशको माग गरेको पनि स्मरण गराए । उनले भने,‘अब देशलाई बन्धक बनाएर राख्नुभएन, नयाँ निर्वाचनतर्फ जानुपर्छ । त्यो माग हामीले गरिसकेका छौं । जतिसक्दो छिटो जनताको बीचमा जान सकियो, त्यो नै जनताको लागि पनि हित हुन्छ, अब निर्वाचनको विकल्प छैन् । एमाले जहिले पनि जनताको बीचमा जान तयार रहेको थियो, छ र रहनेछ । हाम्रो अध्यक्ष आदरणीय केपी शर्मा ओलीज्यूले पनि यो कुरा भन्नुभएको छ ।

उहाँले सुत्तामा हुँदापनि यो कुरा भन्नुभएको थियो । अहिले गठबन्धनभित्रैबाट पनि निर्वाचनमा जाने विषय भएको छ ।’महासेठले वर्तमान सरकारले कोभिडविरुद्धको खोपको व्यवस्थापन पनि गर्न नसकेको र त्यो त एमालेको नेतृत्वको सरकारले गरेको दाबी गरे । उनले थपे–‘अब यो सरकार जानुपर्छ, सत्ताभन्दा बाहिर जानुपर्यो । सरकारलाई फाल्नको लागि दुईवटामात्रै विकल्प छ, या त अविश्वासको प्रस्ताव ल्याएर हटाउनुपर्यो, वा होईन भने निर्वाचनमा जानुपर्छ । हामी अहिले अविश्वासको प्रस्ताव ल्याउने पक्षमा छैनौं । हामी त यो सरकार कुन उद्देश्यले बनेको थियो त्यो कुरा जनताले थाहा पाउनुपर्छ भनेर बसेका थियौं । अहिले थाहा भयो नि ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही मंसिर २८ गतेको लागि संसद् अधिवेशन आह्वान भएको उल्लेख गर्दै उक्त दिन आफूहरुले कारबाही गरिसकेका सांसदहरुको उपस्थिति रह्यो भने पार्टीले सदन चल्न नदिने चेतावनी दिए । उनले भने–‘यो संसद्को अधिवेशनको अवधिमा वर्तमान सरकारको क्रियाकलाप कस्तो हुन्छ ? त्यो हामी हेर्छौं । जहाँसम्म हाम्रो सवाल छ, एमालेको सवाल छ । एमालेले कारबाही गरेका सांसदहरुलाई संसद्मा प्रवेश दिईयो भने हामी फेरि पनि संसद् बैठक अवरुद्ध गर्छौं ।’

महासेठले नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर गरेको आन्दोलन गलत भएको भन्दै तत्काल फिर्ता लिन माग गरे । उनले भने,‘नेपाल बारले जुन प्रकारले आन्दोलन गरिरहेको छ, यसले राम्रो सन्देश गएको छैन् । यसले न्यायसेवा प्रभावित भएको छ । प्रधानन्यायधीशले मात्रै राजीनामा दिएर न्याय प्रणालीमा सुधार हुन्छ र ? हिजो असार २८ गते परमादेश जारी गर्दा के त्यसमा प्रधानन्यायधीशमात्रै संलग्न हुनुहुन्थ्यो र ? बारले जुन आन्दोलन अगाडि बढाएको छ, त्यसलाई नेपाली जनताले सकारात्मक रुपमा लिएका छैनन् । राजीनामा दिनैपर्छ भने प्रधानन्यायधीशले मात्रै किन राजीनामा दिने ? विवादित कुरामा संलग्न सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्छ । कसैलाई बलीको बोको बनाएर, कसैको ईच्छा होला प्रधानन्यायधीश बन्ने, कसैलाई यो सोच होला, न्यायालयले राम्रो काम गरेन भनेर हिजो आलोचना भएको थियो । हिजोको रहस्य अहिले खुलेको छ। परमादेश जारी गरेर गुण लगाएको र तिर्छु भनेर नेताहरुले भनेको पनि सुनियो । अब कसरी गुण तिर्नुहुन्छ, होला केहीलाई राजीनामा गराउने होला, कसैलाई प्रधानन्यायाधीश बनाउने होला । नेपाल बारले यो आन्दोलन फिर्ता लिनुपर्छ ।’ 

उनले अहिले देशमा न्याय सेवा पनि प्रभावित भएको र यसको कारण वर्तमान सरकार नै भएको पनि दाबी गरे । उनले भने,‘न्यायसेवा अवरुद्ध भएको छ, यो सरकारको कारणले हो । अपवित्र गठबन्धनले कसरी न्याय प्रणालीले प्रयोग गरेको हो ? भन्ने कुरा छर्लङ भएको छ। सारा नेपालीले बुझेका छन् कि षड्यन्त्र गरेर ओलीको सरकारलाई हटाएको कुरा बुझिसकेका छन् । कुनैपनि क्षेत्रमा यो सरकार सफल र स्थापित हुन सकेन । विदेश नीतिमा यो सरकार केही तयारी नगरीकन अघि बढ्यो । बिना तयारी अमेरिका, बेलायत र चीनबाट राजदूत फिर्ता गरेको छ, तर तुरुन्तै राजदूत पठाउन सकेन । धेरै कमजोरी छन् ।’

सरकारले एमसीसीको एजेण्डा संसद्मा ल्याएपछि मात्रै आफ्नो पार्टीले आधिकारिक धारणा बनाउने सुनाए । उनले भने,‘पहिले सरकारले एमसीसी एजेण्डा ल्याओस, त्यसपछि मात्रै हामीले आफ्नो प्रतिक्रिया दिन्छौं । देश र जनताको अहित हुनेगरि कुनैपनि सम्झौता पास गर्न दिँदैनौं । देश र जनताको हितमा छ भने राम्रै कुरा हो । राष्ट्रिय सहमति गरेर एमसीसी सदनमा पेश भयो भने एउटा वातारण बन्छ, होईन राष्ट्रिय सहमति नगरी पेश भयो भने पास हुन गाह«्रो छ।’ महासेठले आफूहरुले भर्खरै हाीले १०औं राष्ट्रिय महाधिवेशन सफल रुपमा सम्पन्न गरेको र यो ऐतिहासिक रुपमा सम्पन्न भएको बताए । उनले भने,‘हाम्रो १०औं राष्ट्रिय महािधवेशलेन देशमा एउटा सन्देश दिएको छ–अहिले पार्टीबाट केही नेताहरु चोईटिएर गएपनि अहिलेपनि एमाले यो देशको मूल प्रवाह र पार्टीको रुपम अघि बढेको छ।

एमालेबाहेक अरु कुनैपनि पार्टीले वामपन्थी शक्ति र कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सक्दैन् भन्ने सन्देश पनि यो महािधवेशनबाट गएको छ । एमाले विभाजन भएको धेरै दिन भएको थिएन, तर हामीले ऐतिहासिक महाविधेनश सम्पन्न गरेका छौं । बन्दसत्र र खुल्लासत्रले के स्थापित गरेको छ भने अब एमाले विभाजनले पनि खासै फरक गरेको छैन् । नेपालको ईतिहासमा यत्रो मानवसागर कहिल्यैपनि देखिएको थिएन ।

विधान महाधिवेशनअनुसार नयाँ नेतृत्व चयन गर्ने काम गरेको छ । हाम्रो पार्टीको वर्तमान नेतृत्वले यो देशलाई नयाँ दिशातर्फ हाँकेर अघि लैजानेछ। कम्युनिष्ट आन्दोलनसँगै नेपालको विकास र समृद्धि, सामाजिक सद्भावलाई, राजनीतिसँगै कसरी समेटेर लैजाने भनेर अहिले त्यो जिम्मेवारी एमालेको काँधमा आएको छ ।’
उनले एमाले विभाजन हुने सम्भावना नरहेको पनि दाबी गरे । उनले भने,‘अब एमाले विभाजन होला भन्ने सम्भावना छैन् । एमाले एकताबद्ध रुपमा अघि बढिरहेको छ । पराजित भएका साथीहरु पनि पार्टी बलियो बनाउन लाग्नुभएको छ । अब पार्टी विभाजनको त टाढा–टाढा पनि त्यस्तो सम्भावना छैन ।’