३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

गाउँ छोड्दै युवाशक्ति

गाउँ छोड्दै युवाशक्ति
अ+ अ-

रुकुम (पूर्व)। राहदानी बनाएर तेस्रो मुलुक जानेको सङ्ख्या वर्षेनी बढ्दो छ । बढ्दो बेरोजगारी र घरमै परिश्रम गर्न हिच्किचाउँदा रुकुम (पूर्व)बाट दिनमा दर्जनौँ युवा विदेशीएका छन् ।

जिल्ला सदरमुकामदेखि लिएर अधिकांश ठाउँमा युवाको सङ्ख्या पातलिँदै गएको छ । घरको सम्पत्ति बेचेर तथा ऋण काढेर विदेश जाने युवा धेरै छन् । कामको खोजीमा युवा भारत तथा तेस्रो मुलुक जाने क्रम नरोकिँदा वृद्धवृद्धा, केटाकेटी र महिला मात्र गाउँमा भेटिन्छन् । देशमै रोजगारको सिर्जना नहुँदा जति पढेलेखे पनि विदेश जानुपर्ने बाध्यता रहेको जानकार बताउँछन् ।

जिल्लाका युवाको ठूलो हिस्सा श्रमका लागि अमेरिका पुगेका छन् । खाडी मुलुक साउदी, कतार, मलेशियालगायतका देशमा जाने युवाको जमातसमेत उत्तिकै छ । वैदेशिक रोजगारका लागि युवा मुग्लानतिर लागेपछि विकास निर्माण, सामुदायिक अभियानदेखि परम्परा, संस्कारसमेत प्रभावित बनेका छन् । खेतीपातीको काम पनि निकै प्रभावित भएको छ ।

गाउँमा जनशक्ति नहुँदा खेती लगाउन छाडेका जग्गा बाँझिदै गएका छन् । मन्त्रिपरिषद्को बैठकले रुकुम (पूर्व)लाई गत वर्ष भदौ ५ गते छुट्टै जिल्लाको रूपमा मान्यता दिएको थियो भने असोज १९ गते जिल्ला प्रशासन कार्यालयलगायत अन्य कार्यालयको उद्घाटन गरिएको थियो । यस अवधिमा कार्यालयको तथ्याङकअनुसार एक हजार ९५५ ले राहदानी लिएका छन् । यस आर्थिक वर्ष सकिने बेलासम्म जिल्लाबाट राहदानी लिनेको सङ्ख्या दुई हजार ५०० नाघेको अनुमान कार्यालयले गरेको छ ।

विदेश जाने अधिकांश २० देखि ३५ वर्ष उमेरसमूहका युवा रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । “पछिल्लो समयमा राहदानी बनाउन आउने महिलाको सङ्ख्यासमेत बढेको छ”, प्रजिअ शर्माले भन्नुभयो, “जिल्ला प्रशासनको तथ्याङ्कअनुसार २०७४ मा एक हजार १२७ ले राहदानी बनाएका छन् । यस वर्षको फागुनसम्मको तथ्याङ्क हेर्ने हो भने ८२८ ले राहदानी लिएका छन् ।” कार्यालयबाट दैनिक आठ देखि १० जनाले राहदानी लिने गरेको उहाँको भनाइ छ । जिल्लाबाट महीनामा २५/३० को सङ्ख्यामा राहदानी बनाएर काम खोज्दै अन्य मुलुक जाँदा गाउँ सुनसान बन्दै गएको हो ।

युवा पलायनको योे दरले जिल्लामा बेरोजगारी समस्या थप चुलिँदै गएको पुष्टि हुन्छ । चुनाव जितेका जनप्रतिनिधिले समेत युवालक्षित स्वरोजगारका कार्यक्रम ल्याउनतर्फ ध्यान नदिएको युवाहरुको गुनासो छ । सिस्ने गाउँपालिकाका स्थानीयवासी भाष्कर रेउलेले स्वदेशमै केही गर्न सकिन्छ भन्ने अनुभूति दिलाउन नेताहरु चुकेको बताउनुभयो ।