२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

मैले बुझेको राष्ट्रिय मेलमिलाप

मैले बुझेको राष्ट्रिय मेलमिलाप
अ अ+ अ-

विश्वेस्वर प्रसाद कोईरालाका कतिपय बिचारहरूलाई आज अनर्थ हुनेगरी गलत उद्धरणको रूपमा उल्लेख गरिने गरिन्छ। राजतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षता जस्ता संवेदनशील सवालहरू र राष्ट्रिय एकता तथा मेलमिलापको कार्यनीतिका सन्दर्भमा खासगरी बीपीका मनशाय भन्दा फरक किसिमबाट उल्लेख गरिने गरिएको देखिन्छ।

हिजोका दुर्दान्त मण्डलेहरू, आज तिनका रूपान्तरित चरित्रका मानिसहरू र सदा बीपीका बिरोधी रहेका कम्युनिष्टहरूले पनि यता बात बातमा उपदेश दिने गरेका हुन्छन्। यस्ता उपदेशहरू प्रायस: तिनीहरूले राजतन्त्र, राष्ट्रियता, भारतको बिरोध तथा मेलमिलापका सन्दर्भमा फलाकि रहेका हुन्छन्।

उदाहरणका लागि तिनीहरूले बीपीको बेलाका चुनावी घोषणापत्रका युक्तिहीन अंशहरू उल्लेख गर्छन, “राजाको घाँटी र मेरो घाँटी संगै जोडिएको छ” भन्ने प्रसंग कोट्याएर तथा “प्रजातन्त्र बिना देश रहदैन-राजा पनि रहदैनन्” भनि भनिएका कुरा, अनि मेल मिलाप कार्यनीतिका केही मनगढन्त व्याख्यालाई प्रयोग गरिरहेका हुन्छन्।

वास्तवमा बीपीका बिचारहरू सम्पूर्ण रूपमा कहिल्यै पनि कुनै घोषणापत्रमा वा कुनै एक पुस्तकमा समाविष्ट छैन। न त ०७ सालको क्रांति कालमा, न त ०१५ को आम निर्वाचनमा। नेपाली काँग्रेस पार्टीको बिधानलाई पनि यसै रूपमा बुझ्नु पर्दछ। पार्टीका यी दस्तावेजहरू जहिले पनि बिभिन्न नेताहरू वा सोचहरूका समिश्रित रूपमा पारित गरिएका हुन्छन। जबकि, बीपी गहन सवालहरूमा दार्शनिक दृष्टिकोण राख्नु हुन्थ्यो।

व्यक्तिगत सोचमा बीपी सदैव, शायद जीवन पर्यन्त पनि राजतन्त्र, धार्मिक राज्य र संशोधित प्रजातन्त्र वा मोडेल डेमोक्रेसी जस्ता बिषयको पक्षपाती रहनु भएन। राजतन्त्र, धर्म बारे राज्य र प्रजातन्त्रका बारे उहाँका साहित्यको अध्ययन गर्दा सो स्पष्ट हुनजान्छ। धेरैले बीपीको ‘राजतन्त्र’ शिर्षकको लेख नै नपढेको हुन सक्छ।

जहाँ बीपीले नेपाली समाजमा राजतन्त्रको आधार उपर नै प्रश्न उठाउनु भएको छ। सन् १९६८ मा बीपीले वाराणसीको एक सम्मेलनमा ‘एशियन च्यालेन्ज एण्ड गांधीज्म’ बिषयमा बोलेकोबाट राजतन्त्रका बारेमा उहाँका धारणाहरू थाहा पाउन सकिन्छ। त्यहाँ उहाँ राजतन्त्रको प्रखर बिरोधीको रूपमा आफुलाई उभ्याउनु भएको थियो।

शिवरात्रीको दिन एकजना जर्मन पत्रकारलाई पशुपतिको अपार श्रद्धालु देखाउदै बीपीले भनेको कि “म निजी रूपमा धर्म मान्दिन।तर, पूर्व-पश्चिम पुरै नेपालबाट कयौं दिन पैदल हिडेर यहाँ मूर्तीको पूजा गर्न आएकाहरूको आस्था पनि म बदल्न सक्दिन।” शायद धेरैले, निकै अघि छापिएको यस तथ्यको पनि स्मरण गर्दैनन् आज भोली। नेपालको सन्दर्भमा धर्म निरपेक्षता ठिक नहुन सक्छ। तर, धर्म निरपेक्षता बीपीको निजी सोच भने अवश्य थियो।

राष्ट्रिय एकता तथा मेलमिलापको कुरा गरेर बीपीको स्वदेश आगमनलाई धेरैले तत्कालिन भारतमा इंदिरा गांधीको नेपाल हडप्ने योजनालाई बीपीले लत्याएको भनि अर्थ्याएको देखिन्छ। मर्नु परेपनि नेपालमै मर्ने तर इंदिरा गांधीको योजनामा सरीक नहुने भनेर बीपीलाई आजको संकुचित तथा बजारीकरण गरिएको राष्ट्रवादसंग जोड्न खोजेको देखिन्छ।

मेलमिलापको नीति वा कार्यनीति बस्तुत: बीपीको यौटा ‘लाउड थिंकिंग’ थियो। जस्लाई सन् ७० को दशकको अन्त्य तिरको शीतयुद्ध कालिन विश्व राजनीतिको सापेक्षतामा मात्र बुझ्न सकिन्छ। यसको सारको रूपमा, अमेरिका सबैतिर प्रजातान्त्रिक आन्दोलनहरूको रक्षा गर्न नसकेको तथा आफ्नो हितका लागि कयौं मुलुकहरूमा तानाशाही व्यवस्थालाई सघाई रहेको, कम्युनिष्टहरूको मुकाबिला गर्न तानाशाहहरूलाई संरक्षण गरिरहेको एक बिशेष स्थिति रहेको बुझ्नु पर्दछ।

अर्को तिर सोवियत संध, खासगरी प्रजातान्त्रिक मुलुकहरूमा कम्युनिष्टहरूको सहयोगमा सत्ता हत्याउने मनशाय राखेको, र मध्य तथा दक्षिण एशियाली मुलुकहरूको स्वतन्त्रता अफगानिस्तानमा सोवियत कब्जाले गर्दा खतरामा परेको बुझाई बीपीको तत्कालिन बुझाई थियो। यस सन्दर्भमा, इंदिरा गांधीको बारेमा बीपी स्पष्ट हुनुहुन्थ्यो कि उनि सोवियत संधका पक्षपाति थिईन।

इण्डोनेशियामा सुकर्णको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्न तेहाँका कम्युनिष्टहरूले सेनाका एक अधिकारी ‘अडित’लाई उचालेर अन्ततः सुहार्तोको सैनिक शासनलाई मद्दत गरे झैं नेपालका कम्युनिष्टहरूले पंचायतलाई उपयोग गरी राजाको तानाशाही शासनलाई बल पुर्याई रहेको बीपीको आँकलन थियो। यस सन्दर्भमा बीपीले भनेको “अडित फर्मुला” लामो समयसम्म चर्चाको बिषय रहयो।

तिनताकमा राजा महेन्द्र सरह नै राजा बीरेन्द्र पनि कम्युनिष्टहरूको जालमा परेको र प्रजातन्त्रवादीहरूलाई समाप्त पारेर कम्युनिष्ट सहयोगको (वा भनौं नियन्त्रणको) पंचायती व्यवस्थालाई दरो बनाउने सोवियत डिजायनले अन्तत: नेपालको स्वतन्त्रतालाई नै समाप्त पार्ने बीपीको बुझाई रहेको थियो। यस तथ्यसंग राजालाई सहमत गराएर मुलुकलाई प्रजातान्त्रिकरणको दिशामा लिई जानु बीपीको नीति भनौं वा दृष्टिकोण थियो। बस्तुतः बीपीले स्वीकार गरेको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिको सार पनि “शितयुद्धको बिश्व राजनीतिको दक्षिण एशियाली मुलुकहरूमा पर्दै गएको प्रभावले नेपाली राष्ट्रियता उपर संभाव्य संकटबाट जोगिन यहाँका राष्ट्रिय शक्तिहरूका बीच सहकार्य” नै थियो। दुर्भाग्यबश राजा बीरेन्द्रले बीपीको जीवन पर्यन्त यसलाई स्वीकारेनन्।

आज, हवाई जहाजमा सवार काँग्रेसी, आकाशमा उडी रहेको जहाजमा कुनै प्राविधिक गडबडी भएमा बीपीको मेलमिलाप कै नीति पल्टाएमा पाईलटले तेसको मर्मत गर्न सक्ने, समाधान गर्न सक्ने गरी जसरी अर्थ लगाई रहेको देखिन्छ-यसको तेस्तो सर्वकालिक व्यापकता शायद बीपीले सोच्नु भएको थिएन। रोजगारी, जनताको आयबृद्धी, सर्वशुलभ स्तरीय शिक्षा, जनता प्रति लक्षित जन स्वाथ्य नीति, समावेशीकरण जस्ता आधारभूत बिषयहरू-जुन जनताका आधारभूत खोजी र चाहना हुन, यसको समाधान पनि बीपीको तेस सोचबाट खिच्ने प्रयत्न त वास्तवमा दिशाहीनता हो। न कि, बीपी प्रतिको आस्था।
अनि यो पनि !

परशु नारायण चौधरी ४/५ दिन अघि मात्र पंचायत पस्नु भएको थियो ।

आफ्ना केही साथीहरूका साथ उहांले निकालेको वक्तव्यको शिर्षक “अबको नयाँ बाटो” राख्नु भएको थियो । जनमत संग्रह ताकाको प्रचारका क्रममा बी.पी. कोईरालाले बहुदल आए परशु नारायण नेपालको प्रधानमंत्री हुने भन्नु भएको थियो । यस्तो मानिस सुटुक्क पंचायत पसेको सन्दर्भमा बीपीको रोजाईका वारेमा पनि प्रश्न उठेको थियो ।

परशु जीको पलायनका सम्बन्धमा बीपीको प्रतिकृया पनि जोशिलो र आलोचनात्मक थिएन । “नेपाली जनताले जुन कारणले परशु नारायण चौधरीलाई माया गरेका थिए, सो कारण अब रहेन ।” यही थियो बीपीको प्रतिकृया । आजको जस्तो तथानाम गाली गरेर उहाँले केही भन्नु भएन । वा, भित्र भित्र कुरा मिलाएर गएका हुन कि; यस्तो आशंका गर्ने पनि केही थिए ।

डा. तुलसी गिरी, विश्वबन्धु थापा, डा. नागेस्वर सिंह-यस्ता मानिसहरूको सूचि लामै थियो, जो एक समय बीपीका बडो नजिक रहेका थिए । सहकर्मीको रोजाईमा बीपीमा बढी त्रुटी छ, यस्तो चर्चा खुब हुने गर्थ्यो ।

बीपी  १९७७  नोभेम्बरमा उपचार गराई अमेरिकाबाट फर्किनु हुदां परशु नारायण र गिरिजा बाबु दुबै जनालाई पटना-काठमांडूको हवाई जहाजमै उहांले प्रतिबन्धित नेपाली कांग्रेसको महामंत्री बनाउनु भएको थियो । यो एक छुट्टै रोचक ऐतिहासिक प्रसंग हो । फेरी लेखौला । यसरी एकै पटक दुई जना महामंत्री भएको शायद गिरिजा बाबुलाई तेतीसारो मन परेको थिएन क्यार !

त्यस साँझ चावहिल मित्रपार्कको बीपी निवासमा शेख इद्रिस पनि हुनुहुन्थ्यो । परशु जीको पलायनपछि शेख साहेबले बीपीका प्रति दरो भरोसा जनाउनु भएको थियो । खानाको अन्त्यमा बीपीले रूचि पूर्वक खीर खादै गर्दा चक्र जी, चक्र बास्तोलाले कुरा उठाई हाल्नु भो । यो कुरा फेरी गिरिजा बाबुको पनि रूचिको कुरा भएको थियो । तेसैले बीपीले यसको जवाफ नपन्छाउनु होस भनेर गिरिजा बाबुले चक्र जी तिर उन्मुख हुदै जिज्ञासा गर्नु भो; के भन्नु भो अरे चक्र जी ? बीपी, गिरिजा बाबु, सुशील दा, शेख इद्रीस, बीरेन्द्र दाहाल, म; हामी सबै चक्र जीका प्रति उन्मुख भयौ । चक्र जी बीपीसंग सदैव निर्भिक रहनु हुन्थ्यो । गिरिजा बाबु सदैब थिचिएको !

चक्र जीले भन्नु भयो; हैन सान्दाजु, परशु नारायणलाई त तपाईले निकै पत्याउनु भएको थियो । उनले धोका दिए । तपाईलाई शंका थिएन ? के पहिले देखिनै उनि प्रति तपाईको विश्वास अडीग थियो र ?

बीपीले चक्र जीलाई भन्दापनि गिरिजा बाबु तर्फ मुखातिव हुदै सोध्नु भयो-गिरिजा कुनै पनि सहयोगीसंग तिम्रो सम्बन्ध विश्वासबाट शुरू हुन्छ कि आशंकाबाट ? गिरिजा बाबुले संकोचका साथ भन्नु भयो-म त लामो समयसम्म मानिसको परख गर्छु । शुरूमा त शंका गरिरहन्छु । परफेक्ट देखिएपछि मात्र विश्वास गर्छु । बीपीले सोध्नु भयो-ओखलढुंगा काण्डमा के भयो ? के कारणले नख्खुबाट झिकिएर लिला, ठगीहरू मारिए ? दुर्गा सुवेदीहरू किन तिमीसंग रहेनन् ?

बीपीले थप्नु भयो: सोच्दै गर्नु । म त विश्वासलाई नै आधार मान्दछु । पत्यार, अपत्यार, विश्वास र अविश्वास, भरोसा र धोका चिरन्तर र चिरस्थायी कहां हुन्छ र ? यो सर्वकालिक हुदैन । मानिसको सोचलाई तत्कालिक परिस्थितिले निर्धारित गर्दछ । तत्कालिक परिस्थितिलाई भने उस्को बाध्यता, प्रतिकूलतालाई ब्यहोर्ने क्षमता, लोभ र नि:स्पृहताले निर्धारित गर्दछ । यसर्थ, कोही संगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहदैन ।

सबैले विस्तारै दुधको खीर सकेका थिए । मन मिठो भएको थियो । तर, यस सम्वादले भने सबैलाई, खासगरी बीपी वाहेक हामी सबैलाई उद्वेलित पारेको थियो ।

मेरो उ बेलाको उमेर नेताको कुरामा प्रश्न उठाउने थिएन। तर, बीपीले जे जवाफ दिनु भयो; मेरो लागि आज पनि प्रश्न रहित नै छ ! हो त, कोही संगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहदैन । को कहाँ रहन्छ, कोही कहाँ पुग्छ । तर, ज्ञान भने सर्वकालिक नै हुन्छ ।

पूर्वमन्त्री जय प्रकाश आनन्दको फेसबुकबाट साभार