१२ असार २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ क्रिश्चियनहरूको अवैध धन्दा, दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । विद्यार्थीको आवरणमा नेपालमा क्रिश्चियन धर्म प्रचारमा संलग्न जापानी दम्पती पक्राउ परेका छन् । मोरिटा माहाहिरो र उनकी पत्नी याकारी मसिमोटो इसाई धर्म प्रचारको आरोपमा पक्राउ परेका हुन् ।

अध्ययन भिसामा नेपालमा बस्दै आएका उनीहरू धर्म प्रचारमा संलग्न रहेको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।

‘अध्यागमन कानूनअनुुुसार उनीहरूलाई जरिवाना गरी निष्काशन गरिने छ,’ महानिर्देशक पौडेलले भने । रुपन्देहीको सैनामैना–१० सालझन्डीमा बस्दै आएका उनीहरूलाई धर्म प्रचार गरिरहेकै अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

विभागका अनुसार मोरिटिया पोखराको शिवशक्ति क्याम्पसमा भर्ना भएका थिए । शिक्षा संकायमा स्नातक पढ्न भनेर भर्ना गरी सोही आधारमा अध्ययन भिसा लिएका थिए । उनकी पत्नीले डिपेन्डेन्ट भिसा पाएकी थिइन् । पढ्न नभई नेपालमा बस्न मात्र उनी कलेज भर्ना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

नेपाल बस्नुको उद्देश्य नै धर्म प्रचार भएको अनुसन्धानमा आबद्ध अधिकारीले बताएका छन् । भिसाको प्रयोजनविपरीत धर्म प्रचारमा संलग्न भएको आरोपमा तीन महिनाअघि कैलालीबाट जापानी पक्राउ परेका थिए ।

अध्ययन भिसामा नेपाल आउने विदेशीको संख्या पछिल्लो वर्ष ५५ प्रतिशतले बढेको छ । एक्कासि संख्या बढेपछि अध्यागमन विभागले अध्ययन थालेको छ ।

‘गलत प्रयोजनका लागि अध्ययन भिसा लिएर विदेशी बसिहरेका छन् कि भन्ने आशंका छ,’ महानिर्देशक पौडेलले भने, ‘विदेशी विद्यार्थी कहाँ के पढिरहेका छन् भन्ने विषयमा हामीले अध्ययन थालेका छौं ।’

सन् २०१८ मा दुई हजार १६ विदेशी (भारतीयबाहेक)ले नेपालमा अध्ययन भिसा लिएका छन् । २०१७ मा एक हजार दुई सय ९७ ले यो भिसा लिएका थिए । जापान, कोरिया, चीन, फिलिपिन्स तथा केही अफ्रिकी मुलुकका नागरिक पनि अध्ययन भिसामा बस्दै आएका छन् ।

नेपालमा अध्ययन भिसामा रहेका विदेशीमध्ये एक सय ६४ जना विश्वभाषा क्याम्पसमा भर्ना भएका छन् । धेरैजसो नेपाली भाषा पढ्न भनेर भर्ना भएका छन् । यो सिजनमा भर्ना भएका एक सय ६४ जना विदेशीमध्ये एक सय ३८ जनाले नेपाली भाषा पढिरहेका छन् ।

तीन वर्षदेखि नेपालमा लुकेर बसेका तीन लेबनानी पनि पक्राउ परेका छन् । कास्कीबाट प्रहरीले अलि स्लेइमान, मारिम रहिमी स्लेइमान र फाट्मी ए जाहरा स्लेइमानलाई पक्राउ गरेको हो । उनीहरूको पासपोर्टको म्यादसमेत गत वर्ष नै सकिएको थियो ।

तीनै जनालाई अध्यागमन विभागले हिरासतमा राखी कारबाही प्रक्रिया अघि बढाएको छ । अवैध रूपमा बस्दा प्रतिदिन पाँच डलरका दरले जरिवाना तिर्नुपर्छ । तर उनीहरूले आफूहरूसँग पैसा नभएको बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।