१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

हिंसा तथा शोषणका नयाँ रुपहरु प्रकट भइरहेकोमा राष्ट्रपतिको चिन्ता

हिंसा तथा शोषणका नयाँ रुपहरु प्रकट भइरहेकोमा राष्ट्रपतिको चिन्ता
अ अ+ अ-

काठमाडौ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर सक्रियता आवश्यक रहेको बताउनु भएको छ । आईतवार सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियान कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर सक्रियता आवश्यक रहेको बताउनु भएको हो ।

उहाँले लैंगिक हिंसा उन्मुलन गर्न महिला र पुरुषको सक्रियता बराबर हुनुपर्ने कुरालाई आत्मसाथ गरेर अघि बढे मात्रै सभ्य समाज निर्माण गर्ने महायात्राको गन्तव्यमा पुग्न सक्ने बताउनु भयो । राष्ट्रपति भण्डारीले समाजमा शिक्षा र चेतना बिस्तार हुँदै जाँदा, महिलाको सामाजिक र आर्थिक अवस्था क्रमशः सुधारोन्मुख भएको भए पनि लैंगिक हिंसा विभिन्न रुपले अस्तित्वमा रहनु चिन्ताको विषय भएको बताउनु भयो । उहाँले छाउपडी, बोक्सी जस्ता कुप्रथाहरु पूर्णरुपमा निर्मुल गर्न अझै संघर्ष गरिरहनु परेको अवस्थामा अर्कोतर्फ कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुव्र्यवहार एवं प्रविधिका माध्यमबाट महिलाबिरुद्ध हुने हिंसा तथा शोषणका नयाँ रुपहरु प्रकट भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘समाजमा शिक्षा र चेतना बिस्तार हुँदै जाँदा, महिलाको सामाजिक, आर्थिक, अवस्था क्रमशः सुधारोन्मुख भएको भए पनि लैंगिक हिंसा विभिन्न रुपले अस्तित्वमा रहिरहनु चिन्ताको विषय हो । एकातिर छाउपडी, बोक्सी जस्ता कुप्रथाहरु हामीले पूर्णरुपमा निर्मुल गर्न अझै संघर्ष गरिरहनु परेको छ भने अर्कोतर्फ कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुव्र्यवहार एवं प्रविधिका माध्यमबाट महिलाबिरुद्ध हुने हिंसा तथा शोषणका नयाँ रुपहरु प्रकट भइरहेका छन् ।

यसका साथै म्हिलाहरु बलविवाह, बहुविवाह,एसीड आक्रमण र बलात्कार जस्ता जघन्य अपराधबाट पीडित बन्नु परिरहेको अवस्था पनि विद्यमान छ । यी विकृतिको अन्त्य गर्न नीति र कानूनको निर्माण एवं तिनको प््रभावकारी कार्यान्वयन आवश्यक रहेकोतर्फ म सम्बद्ध सबै निकायको ध्यानाकर्षण गराउँछु । एउटा जोड दिनुपर्ने विषय के छ भने समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको उत्तिकै सक्रियता आवश्यक पर्दछ । यस मान्यतालाई सबै क्षेत्रबाट गहिरोसँग आत्मसाथ गर्दै र गराउँदै अगाडि बढ्न सक्दा नै हामी सभ्य समाज निर्माण गर्ने महायात्राको गन्तव्यमा पुग्न सक्दछौँ । महिला हिंसा अन्त्यको लागि नेपाल सरकारले तर्जुमा गरेका नीति तथा कार्यक्रमलाई स्थानीय समुदायको तहमा पु¥याउने र समुदाय स्तरका छलफलबाट प्राप्त सुझावहरुलाई नीतिगत तहमा ल्याउनका लागि सबैको सार्थक प्रयास आवश्यक छ ।’

राष्ट्रपति भण्डारीले वन व्यवस्थापनका माध्यमबाट जनताको जीविकोपार्जनमा सुधारका साथै वातावरण र जैविक विविधताको संरक्षण, जलवायु अनुकुलन र न्यूनिकरण, सामुदायिक विकास तथा आर्थिक समृद्धिका लागि महत्वपूर्ण योगदान पुग्ने बताउनु भयो ।

उहाँले महिला हिंसा अन्त्यको लागि सरकारले तर्जुमा गरेका नीति तथा कार्यक्रमलाई स्थानीय समुदाय तहमा पु¥याउने र छलफलबाट प्राप्त सुझावहरुलाई नीतिगत तहमा ल्याउनका लागि सबैको सार्थक प्रयास आवश्यक रहेको समेत औँल्याउनु भयो । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियान सञ्चालन गरिरहेको छ ।