१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी पराजित



अ+ अ-

काठमाडौं। युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले हार व्यहोरेको छ । टोटेनहम हट्सपरले दक्षिण कोरियाका ह्युङ मिन सनको एक गोलले सिटीलाई १-० ले पराजित गरेको हो ।

गोल रहित पहिलो हाफमा कुनै प्रतिद्वन्दी गोल गर्न सकेनन् । दोस्रो हाफको ७८ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई निर्णयक गोलको योगदान गरे । सिटीले भने पहिलो हाफमै मिलेको पेनाल्टी सर्जियो अगुएरोबाट मीस हुन जाँदा बराबरीको स्थिती नहुन पुग्यो ।

सनले पेनाल्टी क्षेत्रभित्र एकल प्रयासमा गोल गरेका थिए । रेफ्रीले ड्यानी रोजको ह्यान्ड बलका कारण सिटीलाई पेनाल्टी दिएका थिए । दोस्रो लेग सीटीको घरेलु मैदानमा अर्को साता हुनेछ ।