३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

आईपीएलको शीर्ष स्थानमा चेन्नई

आईपीएलको शीर्ष स्थानमा चेन्नई
अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत मंगलबार राती भएको २३ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै शीर्षस्थान ओगेट्न सफल भएको छ ।

कोलकताले दिएको १ सय ९ रनको झीनो लक्ष्य चेन्नईले १७.२ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्दै जित बनाएको हो । कोलकत्तालाई सामान्य लक्ष्यमा राख्न दीपक चाहरले राम्रो भुमिका निभाए । उनले २० रन दिएर तीन विकेट लिए ।

चेन्नईको जितमा फाफ डु प्लेसिसले ४५ बलमा ३ चौका सहित ४३ र केदार जाधव ८ रनमा अविजित रहे ।

ओपनर शेन वाटशनले ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १७ रनको योगदान दिए । उनलाई दोस्रो ओभरको दोस्रो बलमा पियुष चवलाले क्याच आउट गरे ।

पाँचौ ओभरमा सुनिल नारायणको अन्तिम बलमा सुरेश रैनाले प्रहार गरेको बललाई चवलाले क्याच गर्दै सुरेशलाई १४ रनमा सिमित गरे ।

आम्बाती रायडू २१ रनमा आउट भए । कोलकताका लागि सुनिल नारायणले २ र पियुष चवलाले १ विकेट लिन बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि चेन्नईमा टस हारेर ब्याटिङमा उत्रिएको कोलकाताका लागि आन्द्रे रसेलले ५० रन प्रहार गरे। नटआउट रहेका रसेलले उक्त रन हासिल गर्न संघर्ष गर्नुपरेको थियो।

कोलकाताका दोहोरो अंकमा रन जोड्ने अन्य दुई खेलाडीमा दिनेश कार्तिक १९ र रोबिन उथप्पा ११ रहेका थिए। कोलकाताका चार खेलाडी शून्यमा आउट भएका थिए।

चेन्नईका बलर दिपक चाहरले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । इमरान ताहिरले ४ ओभरमा २१ रन खर्चेर २, हरभजन सिंहले ४ ओभरमा १५ रन खर्चेर २ र रविन्द्र जेडेजाको नाममा १ विकेट रह्यो ।