९ मंसिर २०८१, आईतवार
,
Latest
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध सरकारसँग व्यपारीहरुको मागः सहकारी समस्या तत्काल समाधान गरियोस् नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त अध्यक्ष दाहालद्वारा राईप्रति श्रद्धाञ्जली अर्पण ५ महिना नपुग्दै प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा ‘विनियोजित बजेट संघीय प्रणालीअनुसार खर्च नभएसम्म पुँजीगत खर्च वृद्धि हुँँदैन’ गाजामा इजरायली आक्रमणबाट १७ प्यालेस्टाइनीको मृत्यु एसिसी यू–१९ एसिया कपका लागि हेमन्त धामीको कप्तानीमा नेपाली टोली घोषणा आईपीएल मेगा अक्सन आजबाट, जान्नुहोस् सम्पूर्ण जानकारी फोहोर व्यवस्थापनको विषयमा राजनीति नगरौँः उपप्रधानमन्त्री सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदी पुनः प्रधानमन्त्री भए शान्ति वार्ताको सम्भावना बढीः इमरान खान



अ+ अ-

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यदि भारतको आम चुनावमा भारतीय जनता पार्टीको जित भए र नरेन्द्र मोदी पुनः प्रधानमन्त्री भए शान्ति वार्ताको सम्भावना अत्यधिक हुने बताएका छन् ।

मंगलबार विदेशी पत्रकारसँग इमरान खानले भारतमा विपक्षी पार्टी कांग्रेसको नयाँ सरकार बनेको खण्डमा उनीहरु पाकिस्तानसँग कुराकानीका लागि डराउन सक्ने बताएका छन् ।

खान भन्छन्, ‘कांग्रेसलाई यो डर भारतको दक्षिणपन्थी पार्टीबाट हुनेछ । बिजेपी दक्षिणपन्थी पार्टी हो र यदि उसले जित्छ भने कश्मिरको विषयमा कुराकानी अघि बढ्न सक्छ । यद्यपि, मोदीको भारतमा मुसलमान पूर्ण रुपमा आफूलाई अलग्गिएको महसुस गर्छन् ।’

उनले थपे, ‘अहिले भारतमा जे भइरहेको छ त्यसबारे मैले कहिले पनि सोचेको थिइनँ । भारतमा मुसलमानको पहिचानमाथि हमला भइरहेको छ । मोदी इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूजस्तै छन् । दुबै डर र राष्ट्रवादी भावनाको आधारमा चुनाव जित्न चाहन्छन् ।’

इमरान खानले भने, ‘बिजेपीले जम्मू–कश्मिरसँग विशेष दर्जा खोस्ने कुरा बताइरहेका छन् र यो निकै चिन्ताजनक छ । यद्यपि, यो चुनावी फण्डामात्रै पनि हुनसक्छ ।’