३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

इजरायली आमनिर्वाचनमा लिकुड पार्टी हाबि, नेतान्याहु पाँचौं पटक प्रधानमन्त्री हुँदै

इजरायली आमनिर्वाचनमा लिकुड पार्टी हाबि, नेतान्याहु पाँचौं पटक प्रधानमन्त्री हुँदै
अ+ अ-

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पाँचौं पटक प्रधानमन्त्री हुने सम्भावना रहेको इजरायली सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टीले सोमबार सम्पन्न आमनिर्वाचनमा सबैभन्दा बढी स्थानमा जितेर ठूलो पार्टी बनेको छ ।

तर नेतान्याहुले पूर्ण बहुमत सहितको सरकार गठन गर्न साना दलसँग सहकार्य गर्नुपर्ने अवस्था देखिएको छ । भ्रष्टाचारको आरोप खेपिरहेका ६९ वर्षीय वरिष्ठ नेता नेतान्याहुमाथि उदारवादी पूर्व सैनिक बेन्नी गान्जको दलले कडा चुनौती दिएको थियो ।

करिब ९७ प्रतिशत मतगणना भइसक्दा १२० सदस्यीय इजरायली संसद ९नेसेट० मा नेतान्याहुको लिकुड पार्टी र त्यसका सहयोगी पार्टीले ६५ स्थानमा विजय हासिल गरेका छन् ।

मतदान पछिको मतसर्वेक्षणमा पनि नेतान्याहु र गान्जको नेतृत्वमा रहेको ब्लू एन्ड ह्वाइट पार्टी दुबैबीच कडा प्रतिस्पर्धा हुने देखिएको थियो । तर दुवै पार्टीले स्पष्ट बहुमत भने प्राप्त गरेका छैनन् ।

साना दलको समर्थनमा सरकार बनाउनुपर्ने अवस्था रहे पनि लिकुड पार्टीले इजरायलका अतिवादी दक्षिणपन्थी दलहरुको समर्थन प्राप्त गर्नेछ । प्रधानमन्त्री नेतान्याहुले तेलअभिभमा बुधबार आयोजित एक कार्यक्रममा चुनावमा जनताले अभूतपूर्व समर्थन जनाएको भन्दै आमजनतालाई धन्यवाद दिनुभयो ।

“अबको सरकार दक्षिणपन्थीकै हुन्छ, तर म सबैको प्रधानमन्त्रीका रुपमा कार्य गर्नेछु”, नेतान्याहुले भन्नुभयो ।

तर ब्लू एण्ड ह्वाइटका अध्यक्ष गान्जले आफ्नो दलले सबैभन्दा बढी स्थान जित्ने भएकाले राष्ट्रपतिले आफूहरुलाई सरकार गठन गर्न बोलाउनु पर्नेमा जोड दिनुभयो । इजरायली चुनाव आयोगले मतदानको अन्तिम नतिजा बुधबार नै सार्वजनिक गर्ने तयारी गरेको छ ।