२ भाद्र २०८३, मंगलवार
,
Latest
राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामा ट्रेड युनियनको र्‍याली, ५० हजार सहभागी



अ+ अ-

मेलबर्न ।अस्ट्रेलियन ट्रेड युनियन परिषद्ले बुधबार विहान मेलबर्न सहरमा ‘चेन्ज द रुल्स’ नामक बृहत र्‍याली प्रदर्शन गरिएको छ । तलब र भत्तामा वृद्धि हुनुपर्ने माग गर्दै सुरु भएको र्‍यालीमा ५० हजार जनाको सहभागिता रहेको एसबीएसले उल्लेख गरेको छ ।

बिहान १०ः ३० बजे सुरु भएको उक्त र्‍यालीका कारण सहरका मुख्य सडकहरू अवरुद्ध भएको थियो ।

र्‍यालीमा भिक्टोरियाका प्रिमियर ड्यानियल एण्ड्रुजलगायत वाम धारका सङ्घीय सांसदहरू एन्ड्रु जाइल्स, जेड कार्नी, केट थ्वेट्स र एडम बाण्टको पनि सहभागिता रहेको थियो ।

कामदारहरूले आफ्नो काम बापत यथोचित पारिश्रमिक तथा भत्ता पाउनु पर्ने भन्दै भिक्टोरियाली प्रिमियरले उक्त र्‍यालीमा भाग लिएका थिए।

अस्ट्रेलियाका विभिन्न युनियनहरूका अनुसार, लिबरल र नेस्नल पार्टीको गठबन्धन सरकारमा आएपछि अस्ट्रेलियनहरुको जीवनस्तरमा ३० वर्ष यताकै सबैभन्दा बढी गिरावट भएको छ।
र्‍याली सहरको केन्द्रीय व्यापारिक क्षेत्रमा रहेको ट्रेड्स हलबाट सुरु भइ सप्रिंग स्ट्रिटस्थित राज्यको संसद् भवन पुगेर समापन भएको थियो ।




भर्खरै