३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

च्याम्पियन्स लिग : आयाक्ससँग युभेन्टस बराबरीमा रोकियो

च्याम्पियन्स लिग :   आयाक्ससँग युभेन्टस बराबरीमा रोकियो
अ+ अ-

काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलामा इटालियन क्लब युभेन्टस नेदरल्यान्डको क्लब आयाक्ससँग बराबरीमा रोकिएको छ । आयाक्सको घरेलु मैदानमा भएको क्वाटरफाइनलको पहिलो लेगमा १–१ गोलको बराबरीमा रोकिएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा पाहुन टोली युभेन्टसलो अग्रता जोगाउन नसक्दा खेल बराबरीमा रोकियो । खेलको पहिलो हाफको अन्तिम समयमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोल गर्दै आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

जोआओ क्यान्सिलोको पासमा अनमार्क रहेका रोनाल्डोले डाइभिङ हेडिङमार्फत गोल गर्न सफल भएका थिए । तर, दोस्रो हाफको सुरुवातमै घरेलु टोलीका डेभिड नेरेसले बराबरी गोल फर्काए । उनले खेल शुरु भएलगत्तै एकल प्रयासमा गोल गर्न सफल भएका थिए । खेलको ४५औं मिनेटमा जुआन कान्सेलोको पासलाई सदुपयोग गर्दै रोनाल्डोले गोल गरेका थिए ।

तर, दोस्रो हाफमा सुरुमै घरेलु टोलीले बराबरी गोल फर्कायो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा आयाक्सका लागि डेभिड नेरेसले गोल गर्दै खेल १–१ बनाए । त्यसपछि खेलको बाँकी समयभरि दुवै पक्षबाट थप गोल नभएपछि खेल १–१ को बराबरीमा टुंगियो ।

बराबरीसँग दुवै टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै रहेको छ । यी दुई टोलीबीच आगामी अप्रिल १६ मा युभेन्टसको घरेलु मैदानमा क्वटरफाइनलको दोस्रो खेल हुँदै छ । उक्त खेलमा जसले जिते पनि लिगको सेमिफाइनलमा पुग्ने छ भने बराबरी नतिजा निकाले खेल लम्बिनेछ ।

यता गए राति नै भएको अर्को लिगमा भने बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको छ ।