१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ वर्षपछि एउटा बच्चासहित एक जोडी गरुड देखिए



अ+ अ-

कपिलबस्तु । संकटापन्न कृष्णकण्ठ गरुडले १२ वर्षपछि बच्चा कोरलेको छ । गरुडले लुम्बिनी उपवनको पोखरीमा बचेरा स्याहार गरिरहेको छ । मायादेवी मन्दिरपूर्व, उत्तर र पश्चिम क्षेत्रको पोखरीमा एउटा बच्चासहित एक जोडी गरुड देखिएको हो ।

नेपालमा पाइने आठ प्रजातिका गरुडमा यो सबै भन्दा राम्रो र आर्कषक मानिन्छ । कालो शरीरमा छाती र प्वाँख सेतो हुन्छ । लामो रातो खुट्टा र विशाल कालो ठोड हुन्छ । यो चरा लुम्बिनीमा देखिएपछि चराविद् र प्रकृतिप्रेमी हेर्न आएका छन् ।

‘निकै कम देखिन्छन्,’ वरिष्ठ चराविद् हेमसागर बरालले भने,‘रंगिन बनावटले मनै लोभ्याउँछ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।