१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मघाती गोल पाएपछि आर्सनल बिजयी



अ+ अ-

काठमाडौं । युइएफए युरोपा लिग फुटबलअन्तर्गत आर्सनलद्वारा नेपोली पराजित भएको छ । लिग क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले घरेलु मैदान इमिरेट्समा इटालियन क्लब नेपोलीलाई २-० ले पराजित गरेको हो ।

बिहीबार राति भएको खेलमा आर्सनलको जितमा आरोन राम्सीले एक गोल गरे । अर्को आत्मघाती गोल पाएपछि आर्सनलले २ गोलान्तरको जित निकालेको हो ।

खेलको १५औं मिनेटमा आरोन राम्सीको गोलबाट अग्रता बनाएको आर्सनलले २५औं मिनेटमा लुकास टोरेराको बक्स बाहिरको प्रहार कलिडोउ कोउलीबालीलाई छुँदै गोल भएपछि नेपोलीले आत्मघाती गोल खाएको हो । दोस्रो हाफ भने गोल रहित बराबरीमा रहेको थियो । पहिलो हाफको गोल नै निर्णायक भइसकेपछि आर्सनलको जित भयो ।

दोस्रो लेग नेपोलीको मैदानमा १९ अप्रिलमा हुनेछ । लिग अन्तर्गत कै अर्को खेलमा विलालेरियलमाथि भेलेन्सियलाले ३१ को जित हात पारेको छ ।