१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलद्वारमा लुकाएर ल्याउँदै गरेको साढे तीन किलो सुन बरामद



अ+ अ-

काठमाडौं । मलद्वारमा लुकाएर ल्याउँदै गरेको करिब साढे तीन किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले तीन किलो ३ सय ग्राम सुनसहित उनीहरुलाई पक्राउ परेको हो ।

प्रहरीका अनुसार चीनको कुनिमङबाट चाइना इस्टर्न एयरलाइन्समार्फत बिहीबार अपरान्ह साढे ३ बजे काठमाडौं उत्रेका उनीहरुलाई विमानस्थल भन्सार र प्रहरीले शंका लागि चेकजाँच गर्दा सो परिमाणको सुन भेटिएको हो ।

शंका लागेपछि प्रहरी र भन्सारका अधिकारीहरूले केएमसी अस्पतालमा लगेर एक्सरे गराउँदा मलद्वारमा राखेको अवस्थामा सुन भेटिएको विमानस्थल सुरक्षा कार्यालयका निमित्त प्रमुख एसपी कृष्ण कोईरालाले जानकारी दिए ।

सुरक्षा गेटबाट बाहिरिँदा शरीरमा धातु भएको संकेत देखिएपछि अस्पतालको लगेर एक्सरेमा गर्दा पेटमा सुन रहेको पत्ता लागेको थियो । राजधानी दैनिकमा खबर छ ।