१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

भ्रस्टाचारको मुद्धा सर्वोच्चमा प्राथमिकतामा नपर्नुको रहस्य के !

भ्रस्टाचारको मुद्धा सर्वोच्चमा प्राथमिकतामा नपर्नुको रहस्य के !
अ अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र्रशमशेर राणाले पदभार गरेकै दिन भ्रष्टाचार मुद्दामा शून्य सहनशीलता अपनाउँछु भनेर प्रतिबद्धता जनाएको तीन महिना भयो । तर, उनको प्राथमिकतामा भ्रष्टाचार मुद्दा परेको पाइँदैन । १९ पुसमा पद बहाल भएयता उनले भ्रष्टाचार मुद्दाको पेसी तोक्ने गरे पनि स्थगितको सूचीले भने रेकर्ड बनाउँदै आएको छ ।
बिहीबार मात्रै भ्रष्टाचार र गैरकानुनीसम्बन्धी दुई दर्जन मुद्दाको पेसी चढ्यो । तर, अधिकांश कानुन व्यवसायीबाट मुद्दा स्थगित गराइएको छ । मुद्दा स्थगित गर्ने र पेसी चढाउने श्रृंखलाले निरन्तरता पाएको छ ।
विशेष अदालत ऐन, २०५९ को दफा १६ (२) मा विशेष अदालतको निर्णयमाथि परेको पुनरावेदन मुद्दाको प्राथमिकताका साथ मिसिल प्राप्त भएको मितिले तीन महिनाभित्र किनारा गर्नुपर्ने भनिएको छ । तर, सर्वोच्चले मुद्दाको सुनुवाइ त परको कुरा मुद्दाको पेसी चढाउनेमा भने रेकर्ड कायम गरेको छ । मुद्दा स्थगित गर्ने र पेसी चढाउने श्रृंखलाका कारण भ्र्रष्टाचार मुद्दाको चाङ सर्वोच्चमा थुप्र्रिएको छ ।

६ फागुन २०६९ मा दर्ता भएको नेपाली कांग्र्रेसका नेता गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा पनि बिहीबार सरकार पक्षबाट स्थगित गरिएको छ । त्योसहित भ्रष्टाचारका दुई दर्जन मुद्दाको पेसीमा कानुन व्यवसायीबाट सुनुवाइ स्थगित गराइएको छ । पक्ष र विपक्षी कानुन व्यवसायीका तर्फबाट पटकपटक मुद्दा स्थगित गराउने क्रम चल्दै आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ माघ २०६० मा जोशीमाथि ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपैयाँ पदीय दुरुपयोगबाट कमाएको अभियोगसहित १३ वर्ष कैद सजाय र जरिवानाको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा तत्कालीन विशेष अदालतका अध्यक्ष भूपिध्वज अधिकारी, कमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले ३० कात्तिक २०६३ मा म्याद गुजारेर आएको भन्दै मुद्दाको तथ्यमा नपुगी जोशीलाई सो मुद्दामा सफाइ दियो । अख्तियारले सो आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्यो । सर्वोच्चले भ्रष्टाचार मुद्दामा हदम्याद नलाग्ने आदेश भएपछि विशेष अदालतमा जोशीविरुद्ध मुद्दा चल्यो ।

१० साउन २०६६ मा विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदार चालिसेको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचारी ठहर गर्यो । जोशीसँग २ करोड १६ लाख १४ हजार ३ सय ७६ रुपैयाँ ४१ पैसाको मात्रै स्रोत नपुगेको भन्दै एक वर्ष ६ महिना मात्रै कैद सजाय सुनायो । जति रकमको स्रोत खुलेको छैन, त्यति रकम जरिवाना तिर्नुपर्ने आदेश विशेष अदालतले दियो । साथै, यी सम्पत्ति जफत हुने सो आदेशमा उल्लेख छ । अदालतमा बर्सेनि भ्रष्टाचारको मुद्दाको चाङको सुनुवाइ कछुवाको गतिमा अगाडि बढिरहेको छ । अकुत सम्पत्ति आर्जन, घुस, नक्कली प्रमाणपत्र, गैरकानुनी कर्जा, सार्वजनिक सम्पत्ति हिनामिना, ठेक्कापट्टामा गोलमाल, बैंक घोटालालगायत ६ सयभन्दा बढी भ्रष्टाचारसम्बन्धी मुद्दाको पेसी अगाडि बढ्न सकेको छैन ।

मुद्दा स्थगित गर्ने र पेसी चढाउने श्रृंखलाको निरन्तरता

भ्रष्टाचारसम्बन्धी ६ सयभन्दा बढी मुद्दाको पेसी अगाडि बढ्न सकेन

कांग्रेस नेता जोशीसँगै पूर्वरक्षा सचिव चक्रबन्धु अर्यालको भ्रष्टाचार मुद्दा पनि सर्वोच्चको इजलासमा घुमिरहेको छ । ८ मंसिर २०६९ मा विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका पूर्वरक्षा सचिव चक्रबन्धु अर्यालले सफाइ पाउन माग गर्दै सर्वोच्चमा २०७० मा पुनरावेदन निवेदन दर्ता गराएका थिए । उक्त मुद्दा पाँच वर्षदेखि सर्वोच्च अदालतमा अझै अल्झिरहेको छ । बिहीबार पनि उनको मुद्दाको पेसी सूची चढ्यो तर, कानुन व्यवसायीले मुद्दा स्थगित गराएको छ । विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दै उनलाई डेढ वर्ष कैद, ६६ लाख रुपैयाँ जरिवाना र त्यति नै बिगो असुलउपर हुने फैसला गरेको थियो ।

विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वसहसचिव अरुणकुमार रञ्जितकारको मुद्दा १९ चैत २०६९ देखि सर्वोच्चमा पेसी चढ्दै आइरहेको छ । उनको मुद्दा हालसम्म नौपटक हेर्न नमिल्ने सूचीमा पेसी चढाइएको थियो । सातपटक हेर्न नभ्याउने सूचीमा र ६ पटक स्थगित भएको छ । उनलाई विशेष अदालतले ४५ लाख ४५ हजार ५ सय ३ रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति रहेको ठहर गर्दै भ्रष्टाचारी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रन्जितकारले ३ करोड १९ लाख रुपैयाँ बराबर भ्रष्टाचार गरेको दाबीसहित मुद्दा हालेको थियो । २०२९ सालमा सरकारी सेवा प्रवेश गरेका रन्जितकार नेपाल खानेपानी संस्थानका महाप्रबन्धक, खानेपानी विभागका महानिर्देशक हुँदै भौतिक योजना तथा निमार्ण मन्त्रालयको सहसचिवबाट सेवा निवृत्त भएका थिए ।

त्यस्तै, सुनसरी-मोरङ सिँचाइ आयोजना प्रमुख विनयकुमार सिंह र उनकी श्रीमती अलका सिंहविरुद्ध अकुत सम्पत्ति कमाएको भन्दै दर्ता भएको भ्रष्टाचार मुद्दा २३ पुस २०७४ देखि सर्वोच्चमा विचाराधीन छ । आठपटक पेसी चढेको उक्त मुद्दामा दुईपटक स्थगित, एकपटक आदेश र एकपटक हेर्न नमिल्ने सूचीमा राखिएको छ । सिंहविरुद्ध एक करोड ४५ लाख ७६ हजार ६ सय ८८ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरी स्रोत खुलाउन नसकेको दाबीसहित मुद्दा दायर भएको थियो । राजधानीबाट ।