१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

बाघ गणना प्रारम्भ, लक्ष्यअनुरूप बाघको सङ्ख्या पुग्ने अनुमान

बाघ गणना प्रारम्भ, लक्ष्यअनुरूप बाघको सङ्ख्या पुग्ने अनुमान
अ अ+ अ-

काठमाडौँ । नेपाल सरकारले आइतबारदेखि राष्ट्रिय बाघ सर्वेक्षण, २०२२ प्रारम्भ गरेको छ । सरकार (सचिवस्तर)को गत असोज १७ गतेको निर्णयानुसार राष्ट्रिय बाघ गणना, २०२२ सञ्चालन गर्न विभिन्न समिति गठन गरिएको थियो ।

वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकको संयोजकत्वमा सल्लाहकार समिति, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्टको संयोजकत्वमा प्राविधिक समिति र स्थानीयस्तरमा प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा कार्यान्वयन कार्यदल गठन गरेको थियो ।

बाघ गणनामा क्यामेरा ट्र्याप, सन्टो कम्पास, रेञ्जफाइन्डर, जिपिएस, रेकर्ड फर्मलगायतका सामग्रीको प्रयोग गरी ‘टाइगर एण्ड प्रे बेस मोनिटरिङ प्रोटोकल, २०१७’ ले निर्दिष्ट गरेअनुरूप क्यामेरा ट्र्यापिङ र अकुपेन्सी सर्भे विधि अपनाई बाघ गणना गरिने विभागले जनाएको छ ।

नेपालमा बाघको विचरण रहेको क्षेत्रलाई चितवन–पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा क्षेत्र गरी तीनवटा कम्प्लेक्समा विभाजन गरिएको छ । पूर्वमा नारायणी नदीदेखि पश्चिममा नारायणी नदी पूर्व नवलपुर जिल्लाको वन क्षेत्रसम्मको क्षेत्रलाई चितवन पर्सा कम्पलेक्स मानी सोहीबमोजिम नक्साङ्कन गरिएको विभागका सूचना अधिकारी इकोलोजिष्ट वेदकुमार ढकालले जानकारी दिनुभयो ।

यसैगरी चितवन पर्सा कम्प्लेक्सलाई तीनवटा ब्लकमा विभाजन गरिएको छ । पहिलो ब्लकमा टिकौली सौराहाभन्दा पश्चिमको क्षेत्र, दोस्रो ब्लकमा सौराहादेखि चुरियामाईसम्मको क्षेत्र तथा माडी क्षेत्र, तेस्रो ब्लकमा चुरियामाईदेखि बाग्मती नदीसम्मको क्षेत्रको सर्वेक्षण हुनेछ । पहिलो, दोस्रो तथा तेस्रो ब्लकमा क्रमश २८७, ३१० र २९८ वटा ग्रिड रहेका छन् । प्रत्येक ग्रिडभित्र बाघले प्रयोग गर्ने क्षेत्र हेरी एक जोडी स्वचालित क्यामेरा जडान गरिने छ ।

पहिलो ब्लकमा १५ दिनसम्म क्यामेरा रखिने छ । तत्पश्चात सोही क्यामेरा उठाई क्रमशः १५ दिनका दरले दोस्रो र तेस्रो ब्लकमा राखिने छ । ब्लकमा सम्पूर्ण क्यामेरा राखिसकेपछि मात्र गणना हुने उहाँले बताउनुभयो ।

बाघ सर्वेक्षण कार्यमा चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जका प्राविधिक कर्मचारी, डिभिजन वनकार्यालयका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक, वन्यजन्तु विज्ञ, नेपाली सेना, मध्यवर्ती क्षेत्र तथा स्थानीय समुदाय, संरक्षण सहयोगी संस्थाका कर्मचारी एवं स्वयंसेवकसमेतको सहभागिता रहेको छ ।

सर्वेक्षणका क्रममा चितवन पर्सा कम्प्लेक्समा सात, बाँके–बर्दिया कम्प्लेक्स  र शुक्लाफाँटा क्षेत्रमा तीन वटाका दरले हात्ती प्रयोग हुनेछन् । चितवन पर्सा कम्प्लेक्समा परिचालित हुने १०६ जना प्राविधिकलाई यही मङ्सिर १७ र १८ गते चितवन राष्ट्रिय निकुञ्ज सौराहामा प्रयोगात्मक अभ्याससहितको तालिम दिइएको थियो । बाँके बर्दिया कम्प्लेक्समा छुट्टै तालिमको आयोजना हुनेछ । तालिमप्राप्त प्राविधिक फिल्डमा परिचालित भइसकेका छन् ।

तीन करोड ७० लाख खर्च लाग्ने अनुमान

राष्ट्रिय बाघ सर्वेक्षका लागि नेपाल सरकार समेतबाट बजेट विनियोजन भएको छ । यसका अतिरिक्त डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपाल तथा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आर्थिक र प्राविधिक सहयोग प्राप्त भएको इकोलोजिष्ट ढकालले जानकारी दिनुभयो ।

चितवन पर्सा कम्प्लेक्सको गणना कार्यमा स्थानीय कार्यदल, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले व्यवस्थापकीय कार्य भएको छ । बाघ सर्वेक्षण, २०२२ को सम्पूर्ण कार्य सम्पन्न गर्न करिब रु तीन करोड ७० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

बाघ गणना कार्यक्रमको नतिजाबाट दुर्लभ तथा लोपोन्मुख प्रजातिको बाघ संरक्षणको अवस्था थाहा पाई संरक्षण र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन नेपालमा सन् १९९० को दशकदेखि बाघको गणना हुँदै आएको छ । सन् २००९ देखि राष्ट्रियरूपमै बाघको सर्वेक्षण सुरुआत गरिएको थियो । हालसम्मको नतिजालाई हेर्दा नेपालमा सन् १९९५÷९६ मा ९३ देखि ९७ वटा बयस्क बाघ रहेको, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ र सन् २०१८ को सर्वेक्षणअनुसार २३५ वटा बयस्क बाघ रहेको अनुमान गरिएको थियो ।

नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिबद्धता गरेबमोजिम सन् २०२२ सम्म बाघको सङ्ख्या दोब्बर ९२५० वटा० पु¥याउने लक्ष्य राखेको थियो । सोहीअनुरुप सन् २०२२ मा अनुमान गर्न अवश्यक भएको र राष्ट्रिय बाघ सर्वेक्षण, २०२१ गणनाले उक्त उद्देश्य प्राप्त गर्न सहयोग पुग्ने विभागले जनाएको छ ।

बाघ पारिस्थिकीय प्रणालीको उच्चतम स्थानमा रहेको वन्यजन्तु हो । बाघको संरक्षण गर्दा समग्र पारिस्थिकीय प्रणालीको संरक्षण हुने भएको हुँदा बाघको सङ्ख्यालाई पारिस्थिकीय प्राणालीको स्वच्छता र संरक्षणको प्रभावकारिता मापनको सूचकको रूपमा लिने गरिन्छ । रासस