
काठमाण्डौं। सञ्चारमन्त्री गोकुल बास्कोटाका स्वकीय सचिव राजकुमार सापकोटामाथि हातपात भएको छ । मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोजेपछि उनीमाथि कुटपिट भएको होे ।
बिहीबार साँझ काभ्रेको पनौती नगरपालिकामा रहेको ढलमले भन्ने स्थानमा उनलाई पिटिएपछि उपचारका लागि बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा लगिएको थियो तर उपचार सम्भव नभएपछि उनलाई राति नै नर्भिक अस्पताल ल्याइएको छ।
परिवार सहित सापकोटा कहाँ जाँदै थिए र किन भन्ने अझै खुलेको छैन तर उनी पिटिएको कुरा गुपचुप राखिएको छ । यस घटनामा संलग्न रहेको भन्दै काभ्रे प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ । प्रहरीले पनौतीकै सुमन बोगटी, चन्दन बोगटी र प्रमेश केसीलाई पक्राउ गरेको छ।
मोटरसाइकलले ठक्कर दिएर हिँड्न खोजेका सापकाेटा स्थानीयले हातपात गरेपछि माथिल्लो निकायबाट फोन गराई उम्कन खोजेका थिए ।









