३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

विराट कोहली टिमको पहिलो जित, के चम्कीएला त भाग्य ?

विराट कोहली टिमको पहिलो जित, के चम्कीएला त भाग्य ?
अ+ अ-

काठमाडौं । । इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गतको २८ औँ खेलमा रोयल च्यालेनजर्स बंगलोरले किंग्स इलाभेन पन्जावलाई हराउँदै पहिलो जित निकालेको छ । बेंगलोरले यस अघि ६ खेलमा हार व्यहोरेको थियो । शनिबार राती पन्जावको घरेलु मैदानमा घएको खेलमा पन्जावलाई ८ विकेटले पराजित गर्दै बेंगलोरले जित हात पारेको हो ।

पन्जावले दिएको १ सय ७४ रनको लक्ष्य बेंगालेरले ४ बल अगाडी २ विकेटको क्षतिमा पुरा गर्दै जित निकालेको हो । पन्जावले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७३ रन मात्रै बनाउन सकेको थियो ।

बेंगलोरको जितमा ओपनर कप्तान विराट कोहलीले ५३ बलमा ८ चौका प्रहार गर्दै ६७ रन बनाएर १६ ओभरको तेस्रो बलमा मुरुगन आश्विनबाट क्याच आउट हुँदै बाहिरीए । पार्थिव पटेलसँग कोहलीले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरे ।

त्यस्तै एवी डी भिलियर्स ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५९ रन बनाएर अविजित रहे। मार्कस स्टोइनिसले १६ बलमा ४ चौका सहित २८ रनको योगदान गरे । पेभिलिएन ९ बलमा ४ चौका प्रहार गर्दै १९ रनमै क्याच आउट भए । कोहली र एवी डी भिलियर्सले ८५ रनको साझेदारी राखेका थिए ।

एन्ड्रयू टाईलाई मार्कस स्टोइनिसले अन्तिम ओभर तिर राम्रो प्रर्दशन गर्दै १८ रन जोडेपछि बेंगलोरको जित सहज बनेको थियो । पन्जावका लागि मोहम्मद सामी र रविचन्द्र आश्विनले एक एक विकेट दिन सके ।

पन्जावका लागि उत्कृष्ट प्रर्दशन गरेका ओपनर क्रिस गेल १ रनले शतक बनाउन बाट चुकेका थिए । गेलले ६४ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै ९९ रन बनाएका थिए । उनी नटआउट रहेपनि जित भने बनाउन सकेनन् ।

गेल र ओपनर लोकेश(केएल) राहुलले ६६ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । राहुलले १५ बलमा २ चौका र १ छक्कासहित १८ रन जोडे । लोकेश सातौं ओभरको दोस्रो बलमा विकेटकीपर पार्थिव पर्टेलबाट आउट भए ।

मन्दीप सिंह १८ रनमा अविजित रहे । बेंगलोरका लागि युजवेन्द्र चाहलले २,मोईन अली र मोहम्मद सिराजले समान १ विकेट लिए ।