४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

हेग अदालतले अफगान युद्ध अपराधको अनुसन्धान रोक्यो, अमेरिका खुशी

हेग अदालतले अफगान युद्ध अपराधको अनुसन्धान रोक्यो, अमेरिका खुशी
अ+ अ-

दी हेग । अफगानिस्तानमा युद्ध अपराधको अनुसन्धान गर्ने सम्बन्धी एक अनुरोधलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले शुक्रबार अस्वीकार गरेको छ । अदालतको उक्त आदेशको अफगान युद्धमा विगत १७ वर्षदेखि उल्झिएको संयुक्तराज्य अमेरिकाले स्वागत गरेको छ ।

मानव अधिकारवादी समूहहरुले न्यायाधीशको उक्त निर्णयप्रति विमति राखेका छन् । अफगान युद्धबाट प्रताडित हजारौं पीडितको न्यायको खोजीमा अदालतको पछिल्लो आदेशले ठूलो अन्याय भएको अधिकारकर्मीको भनाई छ । दण्डहीनताका कार्यमा संलग्न विश्वभरका निःशृंस अपराधीहरुलाई यस आदेशले प्रोत्साहित गर्ने आशंका पनि गरिएको छ ।

“अहिलेकै परिस्थितिमा अफगानिस्तानमा अनुसन्धान थालनी गर्दा पीडितलाई न्याय दिलाउन कठिन हुने निश्कर्षमा न्यायाधीशहरु पुग्नु भएको छ,” दी हेगस्थित अदालतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

न्यायाधीशहरुले अदालतको सीमित बजेटबाट अनुसन्धानलाई निश्कर्षमा पु¥याउन नसकिने बताएका छन् ।

अदालतका अभियोजनकर्ताहरुले सन् २००६ मै सन् २००३ देखि अफगानिस्तानको युद्ध अपराध र मानवता विरुद्धको अपराधको प्रारम्भिक जाँच थालेका थिए ।

सन् २०१७ मा प्रमुख अभियोजनकर्ता फाटु बेन्सोडाले तालिबान र अफगान सिपाही विरुद्ध मात्र होइन अमेरिकी सैनिक र अमेरिकी गुप्तचर निकाय सिआईए सहित अन्तर्राष्ट्रिय फौजका क्रियाकलापबारे पूर्ण जाँच गर्न अदालतसमक्ष आग्रह गर्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गत साता अमेरिकी सैनिकको छानबिनमा संलग्न हुने अदालतका कुनै पनि सदस्यलाई भिसा उपलब्ध नगराउने बताएको थियो । अदालतको कामकारबाहीबाट क्रुद्ध अमेरिकी प्रशासनले गाम्बियामा जन्मेका अभियोजनकर्ता बेन्सोडाको भिसा समेत खारेज गरिदिएको थियो ।

“यो हाम्रो विजय हो । यो विजय हाम्रा देशभक्त सिपाहीहरुका लागि मात्र होइन कानुनी शासनको पनि जित हो,” ट्रम्पले एउटा वक्तव्यमा बताउनुभएको छ । उहाँले अदालतमाथिको दबाब अझै बढाउने बताउनुभएको छ ।
“कुनै अमेरिकी, इजरायली वा गठबन्धनका कुनै सदस्य विरुद्ध अभियोग लगाउने वा जाँच गर्ने प्रयत्न गरिए त्यसविरुद्ध तत्काल प्रति कार्यबाही गरिनेछ ।”

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भिसा रद्द गरिएपछि मात्र अदालतको घोषणा सार्वजनिक भएको बताउँदै भन्नुभयो, “अदालतले आफ्नो पूर्व आदेशलाई फिर्ता लिएकामा मलाई खुशी लागेको छ ।”

बेन्सोडाले संयुक्तराज्य अमेरिका र अफगानिस्तान सरकारले शंकास्पद अपराधका बारेमा उपयुक्त अनुसन्धान नभएको बताउनुभएको छ ।

संयुक्तराष्ट्रसंघको सन् २००२ को सन्धि बमोजिम अन्तर्राष्ट्रिय फौजदारी अदालत स्थापना भएको थियो । संयुक्त अधिराज्य बेलायत समेतका १२३ मुलुकले यस सन्धिलाई अनुमोदन गरिसकेका छन् ।

तर चीन, भारत, रुस र संयुक्तराज्य अमेरिका समेतका धेरै मुलुकले यस सन्धिलाई अनुमोदन गरेका छैनन् । कतिपय अफ्रिकी मुलुकहरुले अदालतले अफ्रिकी मुलुकलाई मात्र केन्द्रित गरेको आरोप लगाइरहेका छन् ।

अमेरिकी प्रशासनले आइसीसीको निरन्तर आलोचना गरिरहेको छ । अदालतले आफ्ना सैनिकमाथि राजनीतिक प्रतिशोध साँध्ने सम्भावना रहेको अमेरिकी तर्क छ ।

अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले अदालत गठन गर्नेसम्बन्धी सन्धिमा हस्ताक्षर गर्नुभएको थियो तर अमेरिकी कङ्ग्रेसले यो विधेयकलाई अनुमोदन गरेको छैन ।
––