१० असार २०८३, बुधबार
,
Latest
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा पौडेल पक्षका अमर सिंह पुन विजयी



अ+ अ-

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा संस्थापनइतर समूहका अमर सिंह पुन विजयी भएका छन् । संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई पराजित गर्दै पुन सभापतिमा निर्वाचित भएका हुन् ।

उपसभापतिमा राजु खनाल र भुवन श्रेष्ठ, महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य तथा सहमहामन्त्रीमा विष्णुप्रसाद खनाल, खगराज पाण्डे र निमा गिरी निर्वाचित भएका छन् । उससभापतिमा निर्वाचित खनाल मात्रै देउवा पक्षका हुन । उनले पौडेल पक्षका अष्टभुजा पाठकलाइ पराजित गरेका छन् ।

तर लुम्बिनीमा पराजित भए पनि शेर बहादुर देउवा पक्ष प्रदेश अधिवेशनमा निकै बलियो देखिएकाे छ । हालसम्म देउवा प्यानलले प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सभापति सहितका पदहरूमा विजय हासिल गरेको छ । रामचन्द्र पौडेल पक्षले भने गण्डकी र लुम्बिनी गरी २ प्रदेशमा मात्र विजय हासिल गरेको छ ।

 

लुम्विनी नतिजा.jpg