• १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
  •   Unicode
Logo
Latest
★   मुटुमा समस्या देखिएपछि कान्तिपुरका अध्यक्ष सिरोहिया अस्पताल भर्ना ★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ

गृहमन्त्रीले बाँडे ४२ लाख उपचार खर्च, अरु सयौं व्यक्तिले उपचार खर्च लिएको खुलासा



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले गत फागुन महिनामा ४२ लाख ८० हजार रुपैंया विभिन्न व्यक्तिलाई उपचार खर्च बाँडेका छन् ।

अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषदको निर्णयका आधारमा प्रधानमन्त्रीको गृह जिल्ला झापा समेतका नौ व्यक्तिले उक्त रकम पाएका छन् ।

उपचार खर्च प्राप्त गर्नेहरु:
१. धनुषा छनछप्टी–६ का श्रीप्रसाद साह (५ लाख)
२. दाङ, टरिगम–९ का रोमहर्ष भण्डारी (३ लाख)
३. चितवन माडी–३ का भुवानीप्रसाद उपाध्याय (३ लाख)
४. बाजुरा गौमुल–४ का बिरेन्द्र बहादुर रोकाय (६ लाख ८० हजार)
५. गोरखा भच्चेकका श्रीनाथ अधिकारी (५ लाख)
६. झापा भद्रपुर–४ देवकीदेवी क्षेत्री (५ लाख)
७. लमजुङ बेसीशहर विशाल भण्डारी (५ लाख)
८. काठमाडौं बुढानिलकण्ठ–५ रामजी खत्री (५ लाख)
९. स्याङ्जा मालुङ्गाकी देवका बस्याल (५ लाख)

अर्थ मन्त्रालयले ती व्यक्तिलाई मन्त्रिपरिषदको गत माघ २१ र माघ २५ गतेको निर्णयका आधारमा गृह मन्त्रालयलाई निकासा गरेको हो ।

यसैगरी मन्त्रिपरिषदको माघ १८ को निर्णयअनुसार पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी समेतका तीन जनाले २१ लाख रुपैयाँ उपचार खर्च पाएका छन् ।

अर्थ मन्त्रालयका अनुसार उपचार खर्च बापत भरतमोहन अधिकारीलाई रु. १० लाख, गोरखा घ्याच्चोककी सुनिता रेग्मीलाई ४ लाख र झापाका देवीप्रसाद रेग्मीलाई ७ लाख रुपैयाँ दिइएको छ ।

यस्तै, फागुन ११ को मन्त्रिपरिषदको बैठकको निर्णयका आधारमा जुम्लाको कनकासुन्दरी ५ का धर्मानन्द न्यौपाने सहित नौ जनालाई उपचार खर्च बापत २७ लाख रुपैयाँ गृह मन्त्रालयका नाममा निकासा भएको अर्थ मन्त्रालयले जनाएको छ ।