३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गृहमन्त्रीले बाँडे ४२ लाख उपचार खर्च, अरु सयौं व्यक्तिले उपचार खर्च लिएको खुलासा

गृहमन्त्रीले बाँडे ४२ लाख उपचार खर्च, अरु सयौं व्यक्तिले उपचार खर्च लिएको खुलासा
अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले गत फागुन महिनामा ४२ लाख ८० हजार रुपैंया विभिन्न व्यक्तिलाई उपचार खर्च बाँडेका छन् ।

अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषदको निर्णयका आधारमा प्रधानमन्त्रीको गृह जिल्ला झापा समेतका नौ व्यक्तिले उक्त रकम पाएका छन् ।

उपचार खर्च प्राप्त गर्नेहरु:
१. धनुषा छनछप्टी–६ का श्रीप्रसाद साह (५ लाख)
२. दाङ, टरिगम–९ का रोमहर्ष भण्डारी (३ लाख)
३. चितवन माडी–३ का भुवानीप्रसाद उपाध्याय (३ लाख)
४. बाजुरा गौमुल–४ का बिरेन्द्र बहादुर रोकाय (६ लाख ८० हजार)
५. गोरखा भच्चेकका श्रीनाथ अधिकारी (५ लाख)
६. झापा भद्रपुर–४ देवकीदेवी क्षेत्री (५ लाख)
७. लमजुङ बेसीशहर विशाल भण्डारी (५ लाख)
८. काठमाडौं बुढानिलकण्ठ–५ रामजी खत्री (५ लाख)
९. स्याङ्जा मालुङ्गाकी देवका बस्याल (५ लाख)

अर्थ मन्त्रालयले ती व्यक्तिलाई मन्त्रिपरिषदको गत माघ २१ र माघ २५ गतेको निर्णयका आधारमा गृह मन्त्रालयलाई निकासा गरेको हो ।

यसैगरी मन्त्रिपरिषदको माघ १८ को निर्णयअनुसार पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी समेतका तीन जनाले २१ लाख रुपैयाँ उपचार खर्च पाएका छन् ।

अर्थ मन्त्रालयका अनुसार उपचार खर्च बापत भरतमोहन अधिकारीलाई रु. १० लाख, गोरखा घ्याच्चोककी सुनिता रेग्मीलाई ४ लाख र झापाका देवीप्रसाद रेग्मीलाई ७ लाख रुपैयाँ दिइएको छ ।

यस्तै, फागुन ११ को मन्त्रिपरिषदको बैठकको निर्णयका आधारमा जुम्लाको कनकासुन्दरी ५ का धर्मानन्द न्यौपाने सहित नौ जनालाई उपचार खर्च बापत २७ लाख रुपैयाँ गृह मन्त्रालयका नाममा निकासा भएको अर्थ मन्त्रालयले जनाएको छ ।