![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/04/Banduk-Baramad_20190415080130-1000x500.jpg)
धादिङवेशी । ‘विप्लव’ नेतृत्वको नेकपाले दुरुपयोग गर्ने आशंकामा उत्तरी धादिङस्थित रुवीभ्याली, गंगाजमुना र खनियावास गाउँपालिकाका विभिन्न स्थानबाट ३० नाल भरुवा बरामद गरिएको छ।
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको नेतृत्वमा शसस्त्र प्रहरी जिल्ला हेडक्वाटर धादिङवेशी र नेपाल प्रहरीको संयुक्त टोलीले अवैधानिक भरुवा बन्दुक बरामद गरेको हो।
संकलन भएका भरुवा बन्दुकहरुमा रुवीभ्याली गाउँपालिकाबाट १० नाल, खनियाबास गाउँपालिकाबाट १६ नाल र गंगाजमुना गाउँपालिकाबाट ४ नाल रहेका छन्।
्अवैध हातहतियार र खरखजाना बुझाउने सम्बन्धी मन्त्रिपरिषद्ले गत फागुन २८ गते निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय धादिङले गत चैत १ गतेबाट हातहतियार बुझाउने ३५ दिने सूचना जारी गरेको थियो।