३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विप्लव’ समूहले दुरुपयोग गर्ने आशंकामा धादिङबाट ३० नाल भरुवा बन्दुक बरामद



अ+ अ-

धादिङवेशी । ‘विप्लव’ नेतृत्वको नेकपाले दुरुपयोग गर्ने आशंकामा उत्तरी धादिङस्थित रुवीभ्याली, गंगाजमुना र खनियावास गाउँपालिकाका विभिन्न स्थानबाट ३० नाल भरुवा बरामद गरिएको छ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको नेतृत्वमा शसस्त्र प्रहरी जिल्ला हेडक्वाटर धादिङवेशी र नेपाल प्रहरीको संयुक्त टोलीले अवैधानिक भरुवा बन्दुक बरामद गरेको हो।

संकलन भएका भरुवा बन्दुकहरुमा रुवीभ्याली गाउँपालिकाबाट १० नाल, खनियाबास गाउँपालिकाबाट १६ नाल र गंगाजमुना गाउँपालिकाबाट ४ नाल रहेका छन्।

्अवैध हातहतियार र खरखजाना बुझाउने सम्बन्धी मन्त्रिपरिषद्ले गत फागुन २८ गते निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय धादिङले गत चैत १ गतेबाट हातहतियार बुझाउने ३५ दिने सूचना जारी गरेको थियो।