६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता जगाउन कांग्रेसको जागरण अभियान, वैशाख ११ बाट सुरु गर्ने घोषणा



अ+ अ-

काठमाडौं । वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै जनतालाई बुझाउन नेपाली कांग्रेसले जागरण अभियान सुरु गर्ने भएको छ ।

उपसभापति विमलेन्द्र निधिका अनुसार ७७ जिल्ला पहिलो चरणमा चल्ने अभियान एक महिना लामो हुनेछ ।

पहिलो चरणको अभियान वैशाख ११ बाट सुरु हुनेछ ।

दोस्रो चरणका कार्यक्रम भदौ २३ देखि असोज ७ सम्म ३३० निर्वाचन क्षेत्रमा हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुस ७ देखि १४ सम्म सबै गाउपालिकामा हुनेछ ।