९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

पूर्वराजा शाहको गाडीको ठक्करबाट घाइते अर्का एक जनाको पनि मृत्यु, घटनाको शाहले जिम्मा नलिने

पूर्वराजा शाहको गाडीको ठक्करबाट घाइते अर्का एक जनाको पनि मृत्यु, घटनाको शाहले जिम्मा नलिने
अ अ+ अ-

काठमाडौ‌ । गत बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट घाइते भएका एक युवकको मृत्यु भएको छ । पछिलो पटक मृत्यु हुनेमा प्रकाश चौधरी रहेका छन् ।

गत बुधबार पूर्वराजा शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको थियो भने प्रकाश चौधरी घाइते भएका थिए ।

चौधरीद्धया सभार १५ प ९९७९ नम्बरको मोटरसाइकललाई बा ३ च ७९६२ नम्बरको कारले ठक्कर दिएको थियो । प्रकाशलाई उपचारको लागि विराट नर्सिङ होममा राखिएको थियो ।

हेमको उपचारकै क्रममा बुधवार नै निधन भएको थियो भने उपचाररत प्रकाशको पनि गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उक्त गाडी सशस्त्र प्रहरीका जवान दीपेन्द्र लम्सालले चलाएका थिए । दुर्घटनाबारे पूर्वराजा शाहको सचिवालयले दुर्घटना शाह चढेको गाडीले नभई सुरक्षाकर्मीको गाडीको ठक्करबाट भएको भनी प्रष्ट्याएको छ ।