१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलेन रोनाल्डोको जादु, युभेन्टस प्रतियोगिताबाट बाहिरियो



अ+ अ-

काठमाडौं । उपाधिको प्रमुख दाबेदार मानिएको इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।

गए राति भएको क्वाटर फाइनलको दोस्रो लेखमा आयाक्ससँग आफ्नै घेरलु मैदानमा २-० गोल अन्तरले पराजित भएपछि लिगबाट बाहिरिएको हो ।

समग्रमा ३-२ को हार बेहोर्दै युभेन्टस प्रतियोगिताबाट बाहिरीएको हो । आयाक्स भने प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्रिस्टियानो रोनाल्डोले आफ्नो टिम युभेन्टसलाई सुरुवाती अग्रता दिलाए पनि धेरै समय टिक्न सकेन । खेलको २८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर त्यसको ६ मिनेट नबित्दै आयाक्सले गोल फर्कायो । आयाक्सका लागि भान डेर बिकले गोल गर्दै बराबरी बनाए। पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा आयाक्सले एक गोल थप्यो । खेलको ६७ औँ मिनेटमा आयाक्सका कप्तान माथिस डे लिटले गोल गर्दै अग्रता दिलाए । उनले लास स्कोनेको कर्नरमा हेडर गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन ।