९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

अफगानिस्तान : घाज्नी प्रान्तमा एक्काइस तालिबान मारिए, २१ गाउँ पुनः कब्जा

अफगानिस्तान : घाज्नी प्रान्तमा एक्काइस तालिबान मारिए, २१ गाउँ पुनः कब्जा
अ अ+ अ-

घाज्नी । अफगानिस्तानको घाज्नी प्रान्तका कैयौँ भागमा तालिबान लडाकूविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा २१ तालिबान सशस्त्र विद्रोही मारिएका छन् ।

सो कारबाहीपछि तालिबानको नियन्त्रणमा रहेका विभिन्न २१ ओटा गाउँ यहाँको सुरक्षा निकायले फिर्ता गरेको पनि समाचारमा जनाइएको छ ।

प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो जानकरी दिनुभएको छ । घाज्नी प्रान्तको प्रान्तीय राजधानी गजनी शहरको कानूनअनुसार सो गाउँ तालिबानको नियन्त्रणबाट फर्काउने क्रममा तालिबानका कमाण्डर काजी हसनसहित नौ जना तालिबान लडाकू मारिएका छन् ।

त्यसैगरी गिलान कराबाघ र आब्जा ओमारी जिल्लाका २० भन्दा बढी गाउँमा गरिएको कारबाहीको क्रममा एक दर्जन भन्दा बढी तालिबान लडाकू मारिएका छन् ।

यस कारबाहीमा करिब २१ ओटा गाउँ प्रहरीले तालिबानबाट पुनः नियन्त्रणमा लिएको बताइएको छ । यस कारबाहीको क्रममा करिब एक दर्जन व्यक्ति घाइते भएका पनि बताइएको छ ।

सो कारबाहीबारे अफगानिस्तानको सेनाले विज्ञप्ति प्रकाशन गरी जानकारी गराएको छ । त्यस कारबाहीका क्रममा अफगानिस्तानको सुरक्षा निकायका अधिकारी के कति हताहत भए भन्ने बारेमा भने केही बताइएको छैन ।

अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेका तालिबानले गएको शुक्रबारबाट सरकारका विरुद्धको आक्रामक कारबाही भनी घोषितरुपमा नै आक्रमण गरिरहेका छन् ।

उनीहरुले अफगानिस्तानका सरकारी कार्यालय, सुरक्षाकर्मी र अरु सर्वसाधारणलाई पनि आक्रमणको निसाना बनाएका बताइएको छ ।

केही समयअघि अमेरिकी अगुवाईमा अफगानिस्तानका तालिबानसँग शान्ति वार्ता गर्ने भनी प्रक्रिया अघि बढाइएको भनिएको भए पनि सो वार्ता सफल हुन सकेन । त्यसपछि तालिबानले यस्तो कारबाही थालको हुन् ।

तालिबानले घोषित रुपमा सुरु गरेको भनिएको यस आक्रामक कारबाहीको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले निन्दा गरेको छ । तालिबानहरुले शुक्रबारदेखि सो कारबाही थालेका हुन् ।