६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार सेयर बजारमा सामान्य वृद्धि, कारोबारमा एनएमबि बैंकको अग्रता



अ+ अ-

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य वृद्धि भएको छ ।मंगलबार दाहोरो अंकल ओरालो लागेको बजारमा आज नेप्से परिसूचक ४.९९ विन्दुले बढेर एक हजार २१७.०४ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३२ विन्दुले बढेर २६१.५७ विन्दुमा पुगेको छ । आज कुल १७१ कम्पनीका २८ लाख एक हजरा ६१३ कित्ता सेयर रु ८२ करोड १६ लाख ९८ हजार १० मा खरीदबिक्री भए ।

कुल १० वटा समूहको सेयर कारोबार भएकामा ४ समूहका सूचक माथि लागेका छन् भने बाँकी समूह तल झरेका छन् । जीवन बिमा समूह सबैभन्दा धेरै ३८.१९ अंकले बढेको छ । वाणिज्य बैंक समूहमा पनि ८.९३ अंकको चमक आएको छ ।

कारोबार रकममा एनएमबि बैंकले अग्रता लिएको छ । एनएमबिको ७ करोड २६ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।