९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

नेपाल-चीन सम्वन्धमा थप नयाँ आयाम थपिनेछ : पौडेल

नेपाल-चीन सम्वन्धमा थप नयाँ आयाम थपिनेछ : पौडेल
अ अ+ अ-

बेईजिङ्ग । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेलले तीव्रतर विकास गरिरहेको चीनवाट एक छिमेकीको नाताले नेपालले धेरै फाईदा लिन सक्ने र नयाँ सालमा दुई देश बीचको सम्वन्ध थप सुदृढ हुने बताएका छन् ।

चिनिया कम्युनिष्ट पार्टीको निम्तोमा एक हप्ते चीन भ्रमणमा आएका नेकपाका महासचिव पौडेलले चीन बसाईका अवसरमा उच्च चिनिया अधिकारीहरुसँग दुई देश बीचको सम्वन्ध थप सुदृढ र दुई पार्टी बीचको सम्वन्धलाई थप गतिशिल बनाउने वारे छलफल भएको बताईएको छ ।


उनले बेईजिङ्ग र सियान सहरका चिनिया कम्युनिष्ट पार्टिका (सीपिसी) उच्च पदाधिकारीहरु एवं उच्च सरकारी अधिकारीहरुसँग भेटघाट गरी नया सन्दर्भमा नया सम्वन्ध र अठोटका साथ सहकार्यमार्फत अगाडी बढ्ने सम्वन्धमा छलफल भएको जानकारी दिए ।

नेपालमा नेकपा नेतृत्वको सरकारले समृद्धीको व्यापक अभियान सुरु गरेको र आमजनतामा सरकारवाट अपेक्षापनि तीव्ररुपमा बढेको कारण यसलाई साकार रुप दिन राष्द्रिय तथा अन्र्तराष्द्रिय पहललाई उत्तिकै बढाउनुपर्ने खाचो रहेको उनको भनाई छ ।

विश्वको दोस्रो आर्थिक शक्ति चीनका लगानीकर्ताहरु नेपालमा लगानीकोलागि उत्सुक रहेकोले नेपाल सरकारले त्यसकोलागि आवश्यक वातावरण तयार गरिसकेको पौडेलले जानकारी दिए ।

चिनिया नेताहरुले विश्वकै पुराना मुलुकहरु नेपाल र चीनबीच सदा सुमधुर सम्वन्ध रहेको भन्दै एक चीन नीतिमा नेपालको प्रतिवद्यता तथा अडानको प्रशंशा गरेको उनले जानकारी दिए । आफ्नो भ्रमणले दुई मुलकहरु एवं राजनीतिक पार्टीहरु बीचको सम्वन्ध थप मजवुत बनाउन सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।

यस्तै गरी नेता पौडेलको चीन भ्रमणलाई सहज बनाउन भूमिका खेल्नुभएका सीयान मेडिकल विश्वविद्यालयमा प्राध्यापनरत नेपाली प्राध्यापक डा. राजिवकुमार झाले नेता पौडेलले चिनिया नेताहरुसँगको भेटमा दुई पार्टीबीचको सम्वन्धवारे मात्र कुरा नभई नेपालको समृद्धि अभियानमा चिनिया सहयोग र साथवारे गम्भिर कुराकानी गरेको बताए ।

चीन भ्रमणकै अवसरमा नेता पौडेलले सीयान सहरमा अवस्थित सीयान विश्वविद्यालयमा स्थापना गरिएको साऊथ एसियन स्टडिज सेन्टरको उद्घाटनसमेत गरे । यस्तै गरी उनले सीयानमा रहेको विश्वकेैे ठुलो बुद्ध मुर्तिको अवलोकन भ्रमण गर्दै बुद्ध जन्मस्थल नेपालको लुम्विनीको भ्रमणमा आउँन चिनियाहरुलाई निम्तो समेत दिए । सन् २०२० लाई नेपालले नेपाल भ्रमण वर्षकोरुपमा मनाउने घोषणा गरेको जानकारी दिदै उनले चिनिया बुद्धमाार्गीहरु एवं अन्य समुदायका मानिसहरुलाई नेपाल भ्रमणकोलागि आग्रह गरे ।

भ्रमणकै अवसरमा नेता पौडेलले सीयान मेडिकल कलेजमा रहेको चाईना नेपाल फ्रेन्डसिप मेडिकल रिर्सच सेन्टर अफ प्रोफेसर राजिवकुमार झाको पनि अवलोकन भ्रमण गर्दै अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा सहकार्यको सम्भावना उत्तिकै रहेको बताउँदै उक्त सेन्टरको कार्यको प्रशंसा गरे ।