३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूर्ति चोर्ने नेविसंघका सभापति फेरी पक्राउ



अ+ अ-

दाङ । मुर्ति चोरी काण्डमा पक्राउ परेका नेपाल बिद्यार्थी संघका सभापति तिलक रावत फेरी पक्राउ परेका छन् । रावत नेविसंघ दाङ साविक क्षेत्र नम्वर ३ का क्षेत्रिय सभापति हुन् ।

नमस्ते यातायात प्रालिका सल्लाहकार राजु खाँनलाई सांघातिक आक्रमण गरेको आरोपमा प्रहरीले सभापति रावतलाई पक्राउ गरेको हो ।

नेविसंघ दाङ साविक क्षेत्र नम्वर ३ का सभापति समेत रहेका रावतले गएराती करिब पौने ९ बजे घोराहीको तुलसीपुर चोकमा खाँनलाई बियरका बोतलले आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका खाँनको उपचार नेपालगन्ज मेडिकल कलेज कोहोलपुरमा गरिएको हो । खाँनले रावतले आफूलाई आक्रमण गर्नुका साथै आफूसँग भएको ४२ हजार २ सय ५० रुपैँया लुटेर लगेको जानकारी दिएका छन् ।

दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले उनलाई पक्राउगरी हिरासतमा राखिएको र के मुद्दा चलाउने भन्ने बिषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । एसपी पाण्डेका अनुसार रावत अपराधिक पृष्ठभुमीका व्यक्ति हुन् ।

यसअघि रावतलाई नेपाल प्रहरीले मुर्ति चोरीको आरोपमा २४ दिन हिरासतमा राखी अदालतले काराकार पठाएको थियो । पछी उनि धरौटीमा छुटेको प्रहरी स्रोतले जानकारी दिएको छ ।