• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

मूर्ति चोर्ने नेविसंघका सभापति फेरी पक्राउ



दाङ । मुर्ति चोरी काण्डमा पक्राउ परेका नेपाल बिद्यार्थी संघका सभापति तिलक रावत फेरी पक्राउ परेका छन् । रावत नेविसंघ दाङ साविक क्षेत्र नम्वर ३ का क्षेत्रिय सभापति हुन् ।

नमस्ते यातायात प्रालिका सल्लाहकार राजु खाँनलाई सांघातिक आक्रमण गरेको आरोपमा प्रहरीले सभापति रावतलाई पक्राउ गरेको हो ।

नेविसंघ दाङ साविक क्षेत्र नम्वर ३ का सभापति समेत रहेका रावतले गएराती करिब पौने ९ बजे घोराहीको तुलसीपुर चोकमा खाँनलाई बियरका बोतलले आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका खाँनको उपचार नेपालगन्ज मेडिकल कलेज कोहोलपुरमा गरिएको हो । खाँनले रावतले आफूलाई आक्रमण गर्नुका साथै आफूसँग भएको ४२ हजार २ सय ५० रुपैँया लुटेर लगेको जानकारी दिएका छन् ।

दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले उनलाई पक्राउगरी हिरासतमा राखिएको र के मुद्दा चलाउने भन्ने बिषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । एसपी पाण्डेका अनुसार रावत अपराधिक पृष्ठभुमीका व्यक्ति हुन् ।

यसअघि रावतलाई नेपाल प्रहरीले मुर्ति चोरीको आरोपमा २४ दिन हिरासतमा राखी अदालतले काराकार पठाएको थियो । पछी उनि धरौटीमा छुटेको प्रहरी स्रोतले जानकारी दिएको छ ।