३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

मुम्बईसंग टिकेन दिल्ली क्यापिटल्स, ४० रनले पराजित

मुम्बईसंग टिकेन दिल्ली क्यापिटल्स, ४० रनले पराजित
अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को ३४ औं खेलमा दिल्ली क्यापिटल्स मुम्बई इन्डियन्सद्वारा ४० रनले पराजित भएको छ । १ सय ६९ रनको विजयी लक्ष्य पछ्पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन मात्र बनाएर हार व्यहोरेको हो । मुम्बई जितसँगै अंक तालिकाकाको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो ।

दिल्लीको मैदान फिरोज शाह कोटला मैदानमा टस हारेर फिल्डिंग पाएको दिल्लीका लागि ओपनर शिखर धवन २२ बलमा ५ चौका र १ छक्कासहित ३५ रन बनाउँदै सातौ ओभरको तेस्रो बलमा राहुल चाहरबाट बोल्ड आउट भए । अर्का ओपनर पृथ्वी शालाई २० रन बनाउँदै हार्दिक पान्ड्याले क्याच आउट गरे । त्यसपछि कोलिन मुनरो १० औं ओभरको चौथो बलमा कु्रनाल पान्ड्याबाट र कप्तान श्रेयस ऐरला ११ ओभरको दोस्रो बलमा ३ रनमा राहुल चाहरबाट बोल्ड आउट भए ।

ऋषभ पन्त ७ रन बनाएपछि बुमराहबाट बोल्ड आउट भए । अक्षर पटेल२६, क्रिस मोरिस ११, किमो पल ० र कागिसो रबडा ९ रनमा आउट र अमित मिश्रा ६ रनमा अविजित रहे । मुम्बईका राहुल चाहरले सार्वधिक ३ विकेट लिए । जसप्रित बुमराहले २ र लाथिस मलिङ्गाले १, कु्रनाल पान्डयाले १ र हार्दिक पान्ड्याले पनि १ विकेट लिए ।

मुम्बईका लागि ओपनर कप्तान रोहित शर्मा र क्विन्टन डी कक थिए । कप्तान रोहित शर्माले २२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३० बनाएपछि ७ औँ ओभरको पहिलो बलमा अमित मिश्राबाट बोल्ड आउट भए ।

क्विन्टन डी कक २७ बलमा २ चौका र २ छक्कासहित ३५ रनबनाउँदै १० औं ओभरको पाँचौ बलमा रन आउट भए । , ओपनर शर्मा र डी ककले पहिलो विकेटका लागि ७ ओभर सम्म ५७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । बेन कटिङ्ग २ र सुर्य कुमार यादव २६ र हार्दिक पान्ड्या ३२ रनमा आउट भए । कु्रनाल पान्ड्या ३७ रनमा अविजित रहे । दिल्लीका कागिसो रबडाले २ विकेट लिए भने अमित मिश्रा र अक्षर पटेलले एक एक विकेट लिए ।

९ खेल खेलेको मुम्बई ६ जितहुँदा १२ अंकसहित दोस्रो स्थानमा पुगेको छ भने ९ खेलमा ५ जितको दिल्ली १० अंकसहित तेस्रो स्थानमा छ ।