२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी युइएफए युरोपा लिगको सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । युइएफए युरोपीयन च्याम्पियन्स लिग अन्तर्गत शुक्रबार बिहान भएको खेलमा घरेलु मैदानमा स्लाभिया प्रागलाई पराजित गर्दै चेल्सी सेमिफाइनलमा पुगेको छ । दोस्रो लेगको खेलमा ४–३ को जित निकाल्दै ५–३ समग्रमा चेल्सी सेमीफाइनल प्रवेश गरेको हो ।

संघर्षपुर्ण तरिकाले जित हात पारेको चेल्सीका लागि पेड्रो रोड्रिग्वेजले २ गोल र ओलिभर जिरुडले १ गोल गरे । सिमोन डेलीले चेल्सी आत्मघाति गोल दिलाए ।

स्लाभियाका लागि पिटर सेभसिक र थोमस सुसेक गोल फर्काए ।

पहिलो हाफमा दुवै टोलीले ५ गोल गरे । पहिलो हाफ सुरु हुँदा ५ औँ मिनेटमै पेड्रोको गोलबाट चेल्सीले अग्रता बनायो । ९ औँ मिनेटमा स्लाभियाका डेलीले आत्मघाती गोलगरेपछि चेल्सीले २ गोलको अग्रता बनायो ।

लगत्तै १७ औं मिनेटमा ओलिभर जिरुडको गोलपछि चेल्सी ३(०को अग्रतामा पुगेको थियो । तर २५औं मिनेटमै स्लाभियाका सुसेकले एक गोल फर्काए । तर फेरी २७ औँ मिनेटमा पेड्रोले अर्को गोल गर्दै चेल्सीलाई ४ गोलको अग्रतामा पुर्याए । पहिलो हाफ यतिमै सिमित रह्यो ।

दोस्रो हाफमा चेल्सीका लागि कसैले गोल गर्न सकेनन् भने स्लाभियाका पिटर सेभसिकले ५१औं र ५४औं मिनेटमा गोल गरेर २ गोल फर्काए पनि चेल्सीलाई पछ्याउन नसक्दा ४(३ को गोलात्रमा चेल्सीले जित हातपार्यो ।

लिग अन्तर्गतकै खेलमा फ्रान्कफर्टले बेन्फिकालाई २–० पराजित गर्दै सेमिफाइनल पुगेको छ । त्यस्तै भिल्ला रियाललाई २–० ले नै पराजित गर्दै भ्यालेन्सिया पनि सेमिफाइनल पुगेको छ ।