• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   कार्यकर्तालाई बाड्न सरकारले ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राख्यो: डा.महत ★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास

इन्डोनेशियामा भीषण ज्वालामुखी : कम्तीमा १३ को मृत्यु



इन्डोनेशिया । इन्डोनेशियाको जाभा टापुमा शनिवार ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको र दर्जनौँ अरू घाइते भएको आपत्कालीन सेवामा जुटेका अधिकारीहरूले बताएका छन्।

माउन्ट सेमेरुबाट निस्किएको खरानीको बादलबाट बच्न स्थानीय बासिन्दाहरू भागिरहेका दृश्यहरू सार्वजनिक भएका छन्।

तस्बिरहरूमा देखिए अनुसार एउटा गाउँ पुरै ज्वालामुखीको खरानीले पुरिएको छ। गाउँका बासिन्दाहरूले जनाए अनुसार खरानीको बाक्लो बादलले सूर्यको प्रकाश छेकिदिँदा उनीहरू बसेको ठाउँमा अन्धकार छाएको थियो।

अधिकारीहरूका अनुसार ५७ जना घाइते भएका छन्। कैयौँलाई लाभाले नराम्ररी पोलेको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

ज्वालामुखी विस्फोट हुँदा लुमाजाङ जिल्लाका कम्तीमा ११ गाउँ खरानीले छोपिएका छन्। त्यसैले कैयौँ मानिसहरू मस्जिद र अस्थायी आश्रय स्थल पुगेका थिए।

उद्धार कार्य बाक्लो धुवाँ, बिजुली गएको र आँधीका कारण प्रभावित भएको छ। एक स्थानीय अधिकारी थोरिकल हकले रोयटर्सलाई बताए अनुसार मालङ सहर नजिकैको एउटा सडक र पुल पनि बन्द भएको छ।

उनले भने, 'यो विस्फोट हुने बित्तिकै यति धेरै गतिविधि भयो।' खरानी लाभा र पानीका कारण बाक्लो हिलो जम्मा भएको र त्यसले उद्धार कार्य पनि प्रभावित बनाएको अधिकारीहरूले बताएका छन्।

स्थानीय समय अनुसार साढे दुई बजे दिउसो ज्वालामुखी विस्फोट भएको थियो। खरानीको धुवाँबाट बनेको बादल १५ हजार मिटर सम्म पुग्न सक्ने भन्दै त्यो उचाइ धेरैजसो विमानको भन्दा माथिको भएकाले सतर्कता अपनाउन भनिएको छ।

माउन्ट सेमेरु स्थायी रूपको सक्रिय ज्वालामुखी बन्ने स्थितिमा रहेको र शनिवारको विस्फोटन असाध्यै ठूलो तहको भएको बताइएको छ।

माउन्ट सेमेरु समुन्द्री सतहभन्दा ३,६७६ मिटर उचाइमा छ र यो इन्डोनेशियाका १३० सक्रिय ज्वालामुखीमध्ये एक हो। त्यस अघि यो डिसेम्बर २०२० मा विस्फोट भएको थियो। (बीबीसी)

 

BPBD Provinsi Jatim dan BPBD Lumajang telah menuju lokasi untuk melakukan assesment dan evakuasi warga di sekitar Gunung Semeru. Silahkan mention jika ada yang dilokasi pic.twitter.com/FfRGJxHb6c

— PRB Indonesia BNPB (Disaster Risk Reduction) (@PRB_BNPB) December 4, 2021