३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

मेस्सी नै ब्यालोन डी’ओर अवार्डको प्रमुख दाबेदार, टक्कर दिने को ?

मेस्सी नै ब्यालोन डी’ओर अवार्डको प्रमुख दाबेदार, टक्कर दिने को ?
अ+ अ-

काठमाडौं। बार्सिलोनाका कप्तान लियोनल मेस्सी अहिले नै सन् २०१९ को ब्यालोन डी’ओर अवार्डको प्रमुख दाबेदार बनिसकेका छन् ।

युरोपियन च्याम्पियन्स लिगबाट क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टस बाहिरिएसँगै मेस्सी अहिले नै ब्यालोन डी’ओर अवार्डको प्रमुख दाबेदार बनेका हुन् । उपाधिका बलिया दावेदारका मानिएका क्रिस्टियानो रोनाल्डोको सम्भावना निकै कम देखिएको छ ।

ब्राजिलका चर्चित पूर्व खेलाडी रिभाल्डोले ब्यालोन डी’ओरको बहस सुरु गर्दै रोनाल्डो च्याम्पियन्स लिगबाट बाहिरएपछि अब मेस्सी ब्यालोन डी’ओरको मुख्य हकदार ब्यक्ति भएको बताए । रिभाल्डोले मस्सीले अब च्याम्पियन्स लिग नजितेपनि यस सिजनको ब्यालोन डी’ओर जित्ने बताएका छन् ।

म्यानचेस्टर युनाइटेड तथा रियल म्याड्रिडका पूर्व प्रशिक्षक जोसे मोउरिन्होले मेसीलाई रोनाल्डोभन्दा बलियो दावेदारको रुपमा हेरेको बताए । उनले भने, ‘मेसीले युनाइटेडविरुद्ध कठिन रणनीतिमा पनि राम्रो प्रदर्शन गरे । मेसीले आफ्नो स्तर अनुसार प्रदर्शन गरेपछि युनाइटेड पराजित हुन पुग्यो । यसले उनलाई ब्यालोन डी’ओर का लागि पनि सहयोग गर्नेछ,’ ।

मोउरिन्होले दुई प्रमुख दाबेदारमध्ये क्रिस्टियानो रोनाल्डोको टिम युरोपियन च्याम्पियन्स लिगबाट आउट भइसकेकाले अब मेस्सी एक्लो प्रमुख दाबेदारका रूपमा अघि आएको बताए ।

मोउरिन्होले मेस्सीको अन्तिम परीक्षा अब लिभरपुसँगको खेलक्रममा हुने बताए । ‘मेस्सीले च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गरिरहेका छन् । रोनाल्डोको टिम आउट हुँदा मेस्सीले आफ्नो टिमले अन्तिम चारमा लगे,’ मोउरिन्होले भने, ‘अब लिभरपुलसँगको खेल नै मेस्सीका लागि प्रमुख खुड्किलो हो ।’

रोनाल्डोको युभेन्टस घरेलु मैदानमा आयाक्ससँग पराजित हुँदै बाहिरिंदा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई पाखा लगाउँदै अन्तिम चारमा स्थान पक्का गरेको छ ।

पछिल्लो एक दशक विश्व फुटबलमा राज गरेका युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो र मेस्सी अहिले पनि सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । मेस्सी र रोनाल्डो दुवैले ब्यालोन डी’ओर अहिलेसम्म पाँच(पाँच पटक जितेका छन् ।

यसअघि सन् २००७ मा ब्राजिलियन खेलाडी काकाले ब्यालोन डी’ओर जितेपछि सन् २०१७ सम्म रोनाल्डो र मेस्सीले आलो पालो गर्दै अवार्ड जितेका थिए । सन् २०१८ मा आएर क्रोएसियाका कप्तान एवं स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले यस अवार्ड हात पारे ।

रोनाल्डोले यसअघि सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा ब्यालोन डी’ओर जितेका थिए भने, मेस्सीले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ ब्यालोन डी’ओर जितेका थिए ।

तर यसबर्ष भने मेस्सीलाई टक्कर दिने कोहि देखिएको छैन । मेस्सीले यस सिजनमा बार्सिलोनाका लागि सबै प्रतियोगितामा गरी ४२ खेलमा ४५ गोल गरिसकेका छन् । रोनाल्डोले युभेन्टसका लागि यस सिजन ३८ खेलमा २६ गोल गरेका छन् । पेरिस सेन्ट जर्मन ९पीएसजी० का केलियन एमबाप्पेले ३४ गोल गरेका छन् ।