१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कांग्रेस सह–महामन्त्रीमा भीष्मराज आङ्देम्बेद्धारा उम्मेदवारी घोषणा, यस्ता छन् चुनावी एजेण्डा

कांग्रेस सह–महामन्त्रीमा भीष्मराज आङ्देम्बेद्धारा उम्मेदवारी घोषणा, यस्ता छन् चुनावी एजेण्डा
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्य समेत रहेका आङ्देम्बेले १४औं महाधिवेशनमा आफूले सहमहामन्त्री आदिबासी÷जनजाती)पदमा उम्मेदवारी दिने घोषणा गरे । 

नेता आङ्देम्बेले नेपाली कांग्रेस पार्टीलाई चुस्त र दुरुस्त बनाउदै २१औं शताब्दीको पार्टीमा रुपान्तरित गरी २१औं शताब्दीका युवा उमेर र सोचहरुलाई नेतृत्व गराउन सक्ने पार्टीमा रुपान्तरित गर्न सकिन्छ र त्यही ढंगबाट पार्टीलाई चलायमान गर्न नेतृत्वको आवश्यकता रहेकोले आफुले उक्त पदमा उम्मेदवारी दिन लागेको जनाए । 

आदिवासी÷जनजातीको तर्फबाट आफ्नो उम्मेदवारी रहेको उनले बताए । कार्यक्रममा बोल्दै नेता आङदेम्बेले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सार्थक बनाउन वर्तमान संविधानको रक्षा गर्दै यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्न नेपाली कांग्रेसलाई सबल र एकताबद्ध बनाउन आफुले पहल गर्ने पनि दाबी गरे । आङदेम्बेले पार्टीलाई वैचारिक रुपमा स्पष्ट, सांगठनिक रुपमा गतिशिल र भावनात्मक रुपमा एकतावद्ध अनि अनुशासित र प्रशिक्षित कार्यकर्ताको उर्जाशील अभियानका रुपमा विकास गर्ने पनि प्रतिवद्धता गरे । 

लोकतन्त्रमाथिको चुनौति र खतरालाई सामना गर्नसक्ने, भ्रष्टाचार र पक्षपातको विरुद्ध सशक्त हुने तथा मुलुकमा कानूनी शासन र सुशासन प्रदान गर्दै राजनीतिक स्थायित्व प्रदान गर्न सक्षम पार्टीको रुपमा कांग्रेसलाई आम युवापुस्ता र नेपाली समाजको प्रतिनिधि शक्तिका रुपमा सबल बनाउने उनको योजना छ। पार्टीको सदस्यता प्रणालीलाई व्यवस्थित र आकर्षक बनाउँदै पार्टीको समग्र संगठन र हरेक तहको नेतृत्वमा स्वच्छता, न्याय र विवेकको वातावरण निर्माण गर्ने पनि उनको अर्को योजना छ । 

समाजमा द्धन्द्ध र असन्तोषको अवस्थाको उचित सम्बोधन गरि दिगो शान्ति कायम गर्दै संविधानको सुधार र संशोधन गर्न, संविधानप्रतिको आम अपनत्वको अवस्था सबल पार्न कांग्रेसको राजनीतिक अगुवाई गर्नेलगायत उनले चुनावी  एजेन्डा अघि सारेका छन् ।