२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगा : बार्सिलोना उपाधिबाट एक जित पर, चल्दै स्वारेजको जादू



अ+ अ-

काठमाडौं । ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा डिर्पोटिभो एलाभेसलाई २–० ले पराजित गरेसँगै बार्सिलोना लिग उपाधिको निकट पुगेको छ।

हिजो भएको खेलमा बार्सिलोनाले दुबै गोल दोश्रो हाफमा गरेको थियो। दोश्रो हाफको ५४ औं मिनेटमा कार्लेस एलेनाले गोल गरेपछि बार्सिलोनाले अग्रता बनाएको थियो। उसका लागि दोश्रो गोल लुइस स्वारेजले खेलको ६० औं मिनेटमा पनाल्टीमार्फत गरेका थिए।

जितपछि बार्सिलोनाको ३४ खेलबाट ८० अंक जोडेको छ । अब एक खेल जितेमा यस सिजनको उपाधिमा बार्सिलोनाको पोल्टामा जानेछ।

आइतबार उसले लेभान्टेको सामना गर्नेछ। बार्सिलोनाले अब ३ खेल बाँकी रहेको छ। यस्तै बुधबार राति हुने खेलमा एथ्लेटिको मड्रिड भ्यालेन्सियासँग पराजित भएमा पनि बार्सिलोना लिग विजेता बन्ने छ ।

ला लिगामा ३३ खेलबाट ६८ अंक जोड्दै एथ्लेटिको मड्रिडको दोश्रो स्थानमा रहेको छ।