३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

चेन्नई शीर्षस्थानमा, हैदरावाद ६ विकेटले पराजित

चेन्नई शीर्षस्थानमा, हैदरावाद ६ विकेटले पराजित
अ+ अ-

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) को ४१ औं खेलमा सनराइजर्स चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ । १ सय ७६ रनको लक्ष्य पाएको चेन्नईले अन्तिम ओभरको एक बल अगाडी ४ विकेटको क्षतिमा लक्ष्य पुरा गरि जित हात पारेको हो । जितसँगै चेन्नई सुपर किंग्स अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ भने प्ले अफ पनि पक्कापक्की भएको छ ।

घरेलु मैदानमा टस जितेर फिल्डिंग रोजेको चेन्नईको जितमा ओपनर शेन वाटशनको उत्कृष्ट प्रर्दशन रह्यो । ५३ बलमा ९ चौका र ६ छक्कासहित ९६ रन प्रहार गरेका वाटसनलाई १८ ओभरको पहिलो बलमा जोनी बेयरस्ट्रोले क्याच आउट गरे । सुरेश रैनाले २४ बलमा ६ चौका र १ छक्का सहित ३८ रन बनाए ।

त्यस्तै फाफ डु प्लेसिस १, आम्वाती रायुडु २१ रनमा आउटहुँदा केदार जाधव ११ रनमा अविजित रहेका थिए । हैदरावादका लागि भुवनेश्वर कुमार,सन्दीप शर्मा र राशिद खानले समान १ विकेट लिए ।

त्यसअघि हैदरावादले २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । जसका लागि मनिष पान्डे ४९ बलमा ७ चौका र ३ छक्कासहित ८३ रनमा अविजित रहे भने डेविड वार्नर ४५ बलमा ३ चौका र २ छक्का सहित ५७ रन बनाएर आउट भए ।

दोस्रो ओभरको तेस्रो बलमा ओपनर जोनी बेयरस्ट्रोलाई धोनीले शुन्य रनमा क्याच आउट गरे । विजय शंकर २६ रनमा आउट भए । चेन्नईका हरभजन सिंहले २ र दिपक चाहरले १ विकेट लिए ।

योसँगै ११ खेल खेलेको चेन्नई ८ जितका साथ १६ अंकसहित शीर्ष स्थानमा पुगेको छ । बराबर खेलेको दिल्ली क्यापिटल्स ७ जितसहित १४ अंककासाथ दोस्रो स्थानमा छ ।