• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

राज्यमन्त्रीले आफ्नै एकलाख खर्चेर गराए दलित समूदायकी छोरीको बिहे



काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सहमहामन्त्री एवं उद्योग, पर्यटन, वन तथा वतावरण राज्यमन्त्री सुरेश मण्डलले एकलाख रुपैयाँ खर्च गरेर एक दलित समूदायको छोरीलाई बिहे गराएका छन् ।

आर्थिक अवस्था कमजोर भएको कारण मन्त्री मण्डलले निजी खर्चमा बिहे गराएका हुन् ।

सिरहाको कल्याणपुर, प्रसाहीका कुशे मल्लिकको आर्थिक अवस्था कमजोर भएको कारण छोरीको बिहे गर्नमा समस्या भएपछि मन्त्री मण्डलले छोरी राधा मल्लिकको मंगलबार बिहे गराएका हुन् ।

वडा नम्बर ३ का अध्यक्ष अशोक मण्डलले चार आना सुन दिएका छन् ।