१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

आपराधिक समूहको विवादका कारण युवक बडुवाल हत्या

आपराधिक समूहको विवादका कारण युवक बडुवाल हत्या
अ अ+ अ-

कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–१ का युवक भूपेन्द्र बडुवालको हत्याको कारण दुई आपराधिक समूहको आपसी विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा दुई आपराधिक समूहले एकआपसमा आक्रमण गर्ने योजनासहित परिचालित युवाले धारिलो हतियार प्रहार गर्दा २३ वर्षीय बडुवालको मृत्यु भएको बताउनुभयो । 

 गत कात्तिक २३ गते राति टीकापुर नगरपालिका सिद्धार्थ होटेल नजिक रहेको बडुवालका आफन्त कौसीदेवी विष्टको घर परिसरमा उनीमाथि धारिलो हतियार प्रहार गरिएको थियो । आफ्नो विरोधी समूहका युवा ठानेर आर्यन देवकोटा, रोशन शाही, रोहित आले, चीरञ्जीवी शाहीलगायत युवा बडुवालमाथि धारिलो हतियार प्रहार गरी फरार भएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । आक्रमणबाट घाइते बडुवालको टीकापुर अस्पताल पु¥याइएको केही समयमै मृत्यु भएको थियो । 

“आक्रमणको योजनासहित टीकापुर पुगेका कपिल श्रेष्ठले चिनजानका साथी रहेका बडुवाललाई आफू टीकापुरमा रहेकाले मोटरसाइकलमा लिन आउन बोलाएका रहेछन्”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “बडुवाल टीकापुरमा रहेको अवस्थामा अर्को समूहका युवाले विरोधी समूहका युवा ठानेर उनीमाथि हतियार प्रहार गरे ।”

“यो दुई समूहबीच आक्रमणको घटना भएको भए झन ठूलो मानवीय क्षति हुने थियो, तत्काल प्रहरी परिचालन हुँदा हुन पाएन”, उहाँले थप्नुभयो, “मृतक बडुवाल निर्दोष रहेछन् ।” कैलालीको टीकापुर, चिसापानी र लम्की क्षेत्रमा नदीजन्य पदार्थ र वन पैदावारको ठेक्कापट्टाको काममा आफ्नो वर्चश्व जमाउँदै आएको यो समूहले आपराधिक लाभका लागि युवालाई परिचालन गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुरुको समयमा यो समूहमा एकता थियो । आपसमा विवाद र मनमुटाव बढ्दै जान थालेपछि दुई समूहमा बाँडिएपछि एउटा समूहको नेतृत्व नवीन रावलले र अर्को समूहको जयन्द्र शाहले गरेको जनाइएको छ । 

 हत्या घटनाको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान टोली र केन्द्रीय अनुसन्धान ब्यूरो(सिबिआई) को टोलीले अनुसन्धान गरेको थियो । उक्त हत्या घटनाका आरोपी महेश रावल, धीरज भन्ने दीपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, कपिल श्रेष्ठ, दीपक स्वरुप भन्ने हिसान्त मल्ल, विकास भट्ट, प्रदीप रिमाल, रोहित आले, सोहन शाह, लोकेन्द्र कुवँर र समीरजङ्ग शाहीलाई पक्राउ गरिएको छ । घटनामा संलग्न नवीन रावल, अनुज भन्ने चिरञ्जीवि शाही, बाल शाही, जयन्द्र शाह, रोशनबहादुर शाही, अशोक रावल, हेमन्त शाही, विकास शेरचनलगायत नौ जना फरार रहेका छन् । 

यो समूहका विभिन्न व्यक्ति विरुद्धमा कैलाली र काठमाडौँमा गरी छ वटा ज्यान मार्ने र दुई वटा हातहतियार खरखजनासम्बन्धी मुद्दा यसअघि दर्ता भएको जनाइएको छ । काठमाडौँको कालीमाटी क्षेत्रमा विसं २०७८ भदौ महिनामा जयन्द्र शाहको तर्फबाट कपिल श्रेष्ठले नवीन रावल समूहका हिमाल शाहीलाई खुकुरी प्रहार गरी ज्यान मार्ने प्रयास गरेको बताइएको छ । यसै घटनापछि श्रेष्ठले जयन्द्रको समूहको तर्फबाट नवीन रावलको समूहमाथि आक्रमण गर्ने योजनासहित गत कात्तिकमा काठमाडौँबाट लम्की पुगेको जनाइएको छ ।