१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ खेल नखेल्दै बार्सिलोना ला लिगा च्याम्पियन, हीरो नै बने मेस्सी



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगा च्याम्पियन स्पेनिस महारथी क्लब बार्सिलोना तीन खेल अगावै बनेको छ । आइतबार बिहान भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई १–० ले हराउँदै तीन खेल अगावै च्याम्पियन बनेको हो ।

तीन खेल अगावै लिग च्याम्पियन बनाउनका लागि बार्सिलोनाका कप्तान लिओनल मेस्सीले एक गोल गरे । दोस्रो हाफमा मैदान छिरेको मेस्सीले खेलको ६२औं मिनेटमा बक्स भित्रबाट गोल गरेर टोलीलाई १–० को अग्रता दिलाएका थिए । अन्ततः बार्सिलोना च्याम्पियन बन्नको लागि सोही गोल निर्णायक गोल बन्यो ।

मेस्सी दोस्रो हाफको सुरुमै फिलिपे कौटिन्होको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले खेलको ६६औं मिनेटमा आर्टुरो भिडालको पासमा गोल गर्न सफल भएका थिए ।

बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडलाई ९ अंकले पछि पारेको छ । लेभान्टेलाई हराएपछि बार्सिलोनाले लिगको ३५ खेलमा कूल ८३ अंक बनाएको छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिको समान खेलबाट ७४ अंक रहेको छ ।

अब लिगका तीनवटा खेल बाँकी छ । बाँकी भएको ३ वटै खेलमा बार्सिलोना पराजित भए पनि दोस्रो स्थानको एथ्लेटिको मड्रिडले बाँकी ३ वटै खेल जित्दा अंक बराबरी हुनेछ । अंक बराबरी हुँदा बार्सिलोना गोलअन्तरमा अघि रहने भएपछि बार्सिलोनाले ३ खेलअघि नै लिग जितेको हो ।

बार्सिलोनाको यो उपाधि पछिल्लो ११ वर्षमा आठौं हो भने समग्रमा २६औं उपाधि हो । समग्रमा २६औं लिग उपाधि हो । ला लिगा सर्वाधिक धेरै रियल मड्रिडले ३३ पटक जितेको छ ।