२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएलमा राजस्थानसँग हैदरावाद पराजित



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा गए रात्रि राजस्थान रोयल्सले सनराईजर्स हैदरावादलाई पराजित गरेको छ। राजस्थानले हैदराबादमाथि ७ विकेटको जित निकालेको हो।

जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा हैदरावादले दिएको १६१ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा सन्जु सामसनले अविजित ४८ रन जोड्दा लिआम लिभिङस्टोनले ४४ रन बनाए। यस्तै अजिंकाले रहानेले ३९ र कप्तान स्टिभ स्मिथले २२ रन बनाए।

हैदरावादका खलिल अहमेद, शाकिब अल हसन र राशिद खानले एक÷एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो। जितसंगै राजस्थानले हैदरावादसँग पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ। जीतपछि राजस्थान १२ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ।