१० असार २०८३, बुधबार
,
Latest
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको क्षेत्रमा नेपालको गर्जन – ओलीको अहमताका कारण कम्युनिष्ट पार्टी फुट्यो



file photo
अ+ अ-

दमक । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको सुदृढीकरण तथा सङ्घीयताको रक्षा गर्न राजनीतिक दलबीच गठबन्धन निर्माण भएको बताउनुभएको छ । 

लोकतन्त्र, धर्म निरपेक्षता र गणतन्त्रको रक्षा गर्न सत्तारूढ दलहरुबीच आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने उहाँले उल्लेख गर्नुभयो ।

पार्टी सम्बद्ध नेपाल खेलकुद महासङ्घ समाजवादीले आज दमकमा आयोजनामा गरेको प्रदेशस्तरीय खेलकुद तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले भन्नुभयो, “तीनै तहका निर्वाचनमा सत्तारूढ दलहरुको गठबन्धनले थप सफलता हासिल गर्छ, त्यसमा द्विविधा छैन् ।” नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा आयोजित प्रदेशस्तरीय खेलकुद कार्यक्रममा अध्यक्ष नेपालले ओलीको अहमका कारण कम्युनिष्ट पार्टी विभाजित हुन पुगेको आरोप लगाउनुभयो । आउँदो निर्वाचनमा एकीकृत समाजवादी जनताको लोकप्रिय पार्टीका रुपमा स्थापित हुने उहाँले दाबी गर्नुभयो । 

पार्टीका प्रदेश नं १ कमिटीका अध्यक्ष एवम प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले लोकतन्त्र र सङ्घीयताको कार्यान्वयन गर्दै देशलाई समृद्धितर्फ लैजान साझा चुनौती भएको उल्लेख गर्नुभयो । 

पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले एमाले कम्युनिष्टका नाममा पलायनतर्फ उन्मुख भएकाले त्यसको विकल्पमा देशभक्ति कम्युनिष्टहरुबीच एकता निर्माण गर्ने लक्ष्यका साथ एकीकृत समाजवादी जनताका बीचमा आएको स्पष्ट पार्नुभयो ।

भेलामा प्रदेश नं १ अन्तर्गतका १४ जिल्लाका  खेलाडीसहित पार्टी कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल खेलकुद महासङ्घ समाजवादीका केन्द्रीय अध्यक्ष केशवबहादुर विष्टलगायतले आफ्नो धारणा राखेका थिए ।