२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएलमा काम लागेन हार्दिकको ९१ रन, मुम्बई पराजित



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । मुम्बईलाई ३४ रनले पराजित गरेको हो ।

कोलकाताले घरेलु मैदानमा दिएको २३३ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि हार्दिक पाण्ड्याले बिस्फोटक ब्याटिङ गरे पनि टिमलाई जीत दिलाउन सकेनन् । उनले ९ छक्का र ६ चौकाको मद्दतमा ३४ बलमा ९१ रन प्रहार गरे । यस्तै, मुम्बईका लागि सूर्यकुमार यादवले २६, कुणाल पाण्ड्याले २४, किरण पोलार्डले २०, इभन लुइसले १५ र कप्तान रोहित १२ शर्माले रन बनाए । बलिङमा कोलकाताका सुनिल नारायण, आन्द्रे रसेल, हेरी गुर्नीले दुई(दुई र पियूष चवालाले एक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २३२ रन बनायो । उसका लागि शुभवन गिलले ६५ बलमा ७६, क्रिस लिनले २९ बलमा ५४ रन बनाए । यस्तै आन्द्रे रसेलले नटआउट ८० रन प्रहार गरे । उनले त्यसक्रममा ८ छक्का र ६ चौका लगाए ।

कोलकाताका लागि कप्तान दिनेश कार्तिकले नटआउट १५ रनको योगदान दिए । बलिङमा मुम्बईका दीपक चहर र हार्दिक पाण्ड्याले एक एक विकेट लिए ।
यो जीतसँगै कोलकाता १० अंकका साथ तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । मुम्बई १३ अंकका साथ तेस्रो स्थानमा यथावत छ ।